4 years ago
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुनेछ । आर्मी पहिलो र एपिएफ दोस्रो उपाधिको सोचका छन् ।
आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनलमा लगातार पराजित हुन पुगेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । अन्य संस्करणमा भने एपिएफ सेमिफाइनलबाट बाहिरिएको थियो ।
आर्मी विनोद भण्डारी र एपिएफ शरद भेषावकरको कप्तानीमा मैदान उत्रने छन् । यी दुई विभागीय टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
एपिएफका आशिफ शेख र सन्दीप जोरा राम्रो लयमा देखिएका छन् । शीर्षक्रमका कप्तान शरद भेषवाकर र सुबास खकुरेलको प्रर्दशन कमजोर छ । यी दुबै ब्याट्सम्यानलाई अनुभवको फाइदा उठाउँदै उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । भुवन कार्की र अमरसिंह राउटेलाले तल्लोक्रममा राम्रो प्रर्दशन गर्दै आएका छन् ।
आजको खेलमा वसन्त रेग्मी खेल्ने सम्भावना छ । वसन्त सेमिफाइनलमा पुलिसविरुद्ध खेलेका थिएनन् । बलिङमा तीव्र गतिका बलर अभिनाश बोहरा र कमलसिंह ऐरीको जोडीले राम्रो प्रर्दशन गरि रहेका छन् । अभिनाशले १० र कमलले ९ गरि यी दुई जोडीले १९ विकेट लिएका छन् । भुवन कार्कीले पनि ८ विकेट लिँदै मध्यक्रममा राम्रो प्रर्दशन गरिरहेका छन् । एपिएफको टोली सन्तुलन हुनुको साथै बलियो छ ।
यता आर्मीका कप्तान विनोद भण्डारीले पहिलो खेलमानै गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए । त्यसयता ठूलो इनिङ खेल्न सकि रहेका छैनन् । राजेश पुलामी र अनिल कुमार मण्डल राम्रो लयमा छन् । यी दुई खेलाडी एपिएफलाई टाउको दुखाई बन्न सक्छन् ।
युवा ब्याट्सम्यान लोकेश बम पनि आक्रामक ब्याटिङ गर्दै आएका छन् । स्पिनर साहब आलम र सुशन भारीको जोडी आर्मीका हतियार हुन् । तीव्र गतिमा जितेन्द्र मुखिया र विक्रम सोब छन् । सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेका यी दुई जोडीको प्रर्दशन आर्मीको लागि निकै महत्त्वपूर्ण हुनेछ । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र भिम सार्कीलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ ।
एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रन हराउँदै फाइनलमा स्थान बनाएको थियो । आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]