4 years ago
January 29, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले आबूधाबी टि१० लिगमा मराठा अरेवियन्सबाट दिल्ली बुल्सविरुद्ध कमजोर प्रर्दशन गरेका छन् ।
दिल्लीले मराठालाई ९ विकेटले हराएको छ । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा इभिन लुइस १६ बलमा २ चौका र ७ छक्का सहित ५५ रनमा अविजित रहे । रवि बोपरा १२ बलमा ५ चौका सहित २८ रनमा अविजित रहँदै जित पक्का गरे । सोमापाल कामीले १ ओभर बलिङ गर्दा १७ रन खर्चिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मराठाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । मराठाका कप्तान मोसदेक होसेन २२ बलमा ५ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । जावेद अहमदी २४ र लाहिरु इन्भास ११ रनमा आउट भए । दिल्ली बुल्सका अली खान, अमद बुट र फिडेल एडवार्ड्सले एक एक विकेट लिए ।
सोमपाललाई दोस्रो ओभरमा बलिङको लागि मराठाले लिएको थियो । इंग्ल्यान्डका ब्याट्सम्यान रवि बोपराले सुरुवाती तीन बलमा लगातार चौका प्रहार गरेका थिए । चौकाको ह्याट्रिक गरेका बोपरालाई चोथो बल डट राखे । पाँचौ बलमा पुन चौका र अन्तिम बलमा एक रन दिए । समग्रमा सोमपालले पहिलो ओभरमै १७ रन खर्चिन पुगे । सोमपालले पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध २ ओभरमा २८ रन खर्चेका थिए ।
मराठाले आफ्नो तेस्रो खेल शनिबार बंगला टाइगर्सविरुद्ध खेल्ने छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]