4 years ago
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री गृह जिल्ला झापामा सम्मानित भएकी छन् ।
झापाको सुरुगां जेसिसले बिहीबार १२ औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मानका दौरान जेसिससहित स्थानिय दर्जन बढी समाजिक संघ संस्थाले रुविनालाई संयुक्त रुपमा सम्मान गरेका थिए । उनलाई ११ हजार रुपैयाँ नगदसहित सम्मान पत प्रदान गरिएको थियो ।
नौमती बाजासहित आफूलाई अभिनन्दन गरेकामा रुविनाले सामाजिक सञ्जालमार्फत सुरुगां जेसिसलगायत सबैलाई आभार व्यक्त गरेकी छिन् । हाम्रो खेलकुदसँग कुरा गर्दै रुविनाले भनिन्, गृह जिल्लामा सम्मानित हुँदा खुसीका साथै गर्व महसुस भएको छ ।
१२ वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी रुविनाले सम्मानले क्रिकेटमा थप अग्रसर हुन र महिला क्रिकेटलाई नयाँ आयाम दिन हौसला मिलेको बताएकी छिन् ।
गत महिना रुविनाकै कप्तानीमा प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेटको उपाधि जितेको थियो । विभागिय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै प्रदेश १ पहिलो पटक च्याम्पियन बनेको थियो ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]