4 years ago
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर कतार भ्रमणमा नजाने भएका छन् । नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल्दैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरेको छ । फेब्रुअरी दोस्रो साता हुने उक्त सिरिजको लागि ह्वाटमोर कतारमा नजाने क्यान निकट उच्च स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । स्रोतका अनुसार भिसाको कारण ह्वाटमोर कतार जाने छैनन् ।
ह्वाटमोर नगएपछि टोलीको प्रशिक्षकका रुपमा वसन्त शाही कतार जाने भएका छन् । शाहीले नेपाली यू१६ पुरुष क्रिकेट टोली तथा लुम्बिनी प्रदेशको प्रशिक्षण सम्हाल्दै आएका छन् । वसन्तलाई कतार भ्रमणको लागि मात्र सिनियर टोलीको जिम्मेवारी दिइने बुझिएको छ ।
‘कतार स्पोर्ट्स डे’ को अवसरमा कतार क्रिकेट एसोसिएसको निमन्त्रणामा नेपालले तीन टि२० आई खेलको सिरिज खेल्न लागेको हो । नेपालले पहिलो खेल फेब्रुअरी ९, दोस्रो १० र अन्तिम १२ मा खेल्ने छ । कतार भ्रमणको लागि नेपालले १८ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा अनुभवी खेलाडीलाई विश्राम दिइएको छ ।
नियमित कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, बसन्त रेग्मी लगायतका अनुभवी खेलाडी टोली बाहिर छन् । घोषणा टोलीमा बिबेक यादवलाई पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईएको छ । सौरभ खनाल, कृष्ण कार्की र साहब आलम लगायतका खेलाडी पूनरागमन गरेका छन् ।
बन्द प्रशिक्षणको लागि बोलाइएका १८ सदस्य टोली :
विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]