4 years ago
January 29, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा कलन्दर्ससँग ९ विकेटले पराजित भएको छ ।
जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले ७.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सर्जिल खान १३ बलमा २ चौका र २ छक्का सहित २८ रनमा अविजित रहे । कप्तान सोहेल अख्तर १३ बलमा ७ चौका सहित ३३ रनमा अविजित रहे । कलन्दर्सलाई इंग्ल्यान्डका ओपनर टम ब्यान्टनले १८ बलमा ४ चौका र ४ छक्का सहित ४५ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पुणेका मसिन अन्सारीले एक विकेट लिए । पुणेका लागि करण सबैभन्दा कसिलो बलिङ गर्ने बलर रहे । एक ओभर बलिङ गरेका करणले ९ रन खर्चिए । जुन पुणेका लागि १० भन्दा कमको इकोनमीमा बलिङ गर्ने एकमात्र बलर थिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको पुणेले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।
पुणेका ओपनर टम क्याडमोरले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । अर्का ओपनर केन्नर लुईस ३ रनमा आउट भएका थिए । दारविस रसुली २४ बलमा ४ चौका र १ छक्का सहित ३९ रनमा अविजित रहे । विकेटकिपर चाडविक वाल्टन ९ रनमा अविजित रहे । करणको भने ब्याटिङको लागि पालो आएन । कलन्दर्सका क्रिस जोर्डन र सुल्तान अहमदले एक एक विकेट लिए ।
करणको एक ओभर
करण पाँचौं ओभरमा बलिङ गर्न आएका थिए । करणले पहिलो बलमा सर्जिल खानलाई स्लोवर बल गर्दै एक रन दिएका थिए । दोस्रो बलमा फुलर लेन्थमा गर्दै सोहेल अख्तरलाई एक रन दिए । करणले उत्कृष्ट बलिङ गर्दै तेस्रो र चौथो बलमा एक एक रन खर्चिए । पाँचौं बलमा सट बल गर्दै एक रन दिएका थिए ।
सुरुवाती पाँच बलमा पाँच रन मात्र दिएका करणले अन्तिम बलमा भने चौका खर्चिए । अख्तरले अन्तिम बलमा चौका प्रहार गरेका थिए । समग्रमा करणले पहिलो ओभरमा ९ रन खर्चिए । करण बलिङमा आउनु अघि कलन्दर्सले सुरुवाती ४ ओभरमै एक विकेटको क्षतिमा ६३ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको थियो । उक्त दबाबमा करणले राम्रो प्रर्दशन गरे ।
करणले पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]