4 years ago
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विवेक यादवलाई पहिलो पटक समेट्दै नेपालले कतारसँग खेल्ने तीन खेलको मैत्रीपूर्ण टि२० आईको लागि १८ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी लगायतका खेलाडी भने छैनन् । बलिङ अलराउन्डर कृष्ण कार्कीले ९ वर्षपछि सिनियर टोलीमा फर्किएका छन् ।
सौरभ खनाल ठूला सटका लागि परिचित खेलाडी हुन् । उनले प्रधानमन्त्री कपमा लुम्बिनीबाट उत्कृष्ट प्रर्दशन गरेका थिए । सौरभले ४ खेलमा कुल १ सय ८२ रन बनाएका थिए । सौरभले पुलिसविरुद्ध ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
प्रदेश २ बाट विवेक यादवले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले विवेकले ४ खेलमा १ सय ६७ रन बनाए । विवेकले पहिलो खेलमा लुम्बिनीविरुद्ध ५१ रनमा आउट भएका थिए । दोस्रो खेलमा विवेकले बागमती प्रदेशविरुद्ध ६६ रनको इनिङ खेलेका थिए । तीव्र गतिका बलिङ गर्ने उनले ४ विकेट पनि लिएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशका कप्तान कृष्ण कार्कीले प्रधानमन्त्री कपमा उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका थिए । उनले तल्लोक्रममा ब्याटिङ गर्दै ४ खेलमा १ सय ६ रन बनाएका थिए । बलिङमा ८ विकेट लिएका थिए । आशिफ शेखले एपिएफबाट उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।
टोलीमा आक्रामक ब्याट्सम्यान सौरभ खनाल, आशिफ शेख, साहब आलमले पूनरागमन गरेका छन् । नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल्ने छ । पहिलो खेल फ्रेबुअरी ९, दोस्रो १० र तेस्रो १२ मा खेल्ने छ ।
बन्द प्रशिक्षणको लागि बोलाइएका १८ सदस्य टोली :
विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]