default_image

4 years ago

January 29, 2021

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

65 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट खेलमा घरेलु टोली पाकिस्तान ७ विकेटले विजयी भएको छ । योसँगै दुई टेष्ट खेलको सिरिजमा घरेलु टोली पाकिस्तानले १–० को अग्रता लिएको छ ।

चौथो दिन जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २२.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । पाकिस्तानका अजहर अली ४७ बलमा ४ चौका सहित ३१ रनमा आउट भए । कप्तान बाबर आजम ३९ बलमा ६ चौका सहित ३० रनमा आउट भए । इमरान बुट १२ र आविद अली १० रनमा आउट भए । दक्षिण अफ्रिका एनरिच नोर्कियाले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा दक्षिण अफ्रिका १ सय ५८ रनले पछि परेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिका २ सय ४५ रनमा अल आउट भएपछि पाकिस्तानले सामान्य लक्ष्य पाएको थियो । दक्षिण अफ्रिका ओपनर एडेन मारक्रमले सर्वाधिक ७४ रनको योगदान दिए । रास्सी भान डर डुसेन ६४, टेम्बा बभुमा ४०, डिएन इल्गर २९ र फाफ डु प्लेसिस १० रनमा आउट भए । पाकिस्तानका नौमान अलीले ५ र याशिर शाहले ४ विकेट लिए ।

पहिलो इनिङमा पाकिस्तान ३ सय ७८ रनमा अल आउट भएको थियो । पाकिस्तानका फवाद आलम २ सय ४५ बलमा ९ चौका र २ छक्का सहित १ सय ९ रनमा क्याच आउट भए । फवादले स्पिनर केशव महाराजलाई छक्का प्रहार गर्दै २ सय २० बलमा करिअरको तेस्रो टेष्ट शतक पूरा गरेका थिए ।

अजहर अली र फवादले पाँचौं विकेटका लागि ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । फवादले फहिम अशराफसँग सातौं विकेटका लागि १ सय २ रनको शतकीय साझेदारी गरेपछि अग्रता लिन सफल भएको थियो । अजहर १ सय ५१ बलमा ४ चौका सहित ५१ रनमा क्याच आउट भए । एनरिच नोर्कियाले बोल्ड आउट गर्नुअघि फहिमले ८४ बलमा ९ चौका सहित ६४ रनको योगदान दिए । मोहम्मद रिजवान ५९ बलमा ६ चौका सहित ३३ रनमा आउट भए ।

त्यसअघि पहिलो दिन इमरान बुट ९, कप्तान बाबर आजम ७, आविद अली ४ र शाहिन अफ्रिदी शून्यमा आउट भएका थिए । पाकिस्तानका हसन अली २१, नौमान अली २४ र यासिर शाहले ३८ रनको योगदान दिए । दक्षिण अफ्रिका कागिसो रबाडा र केशव महाराजले ३(३ विकेट लिए । एनरिच नोर्किया र लुन्गी एनगिडीको नाममा पनि २–२ विकेट रह्यो ।

त्यसअघि दक्षिण अफ्रिका पहिलो इनिङमा ६९।२ ओभरमा २ सय २० रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका ओपनर डिएन इल्गरले १ सय ६ बलमा ९ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । इल्गरलाई डेब्यू खेल खेलेका स्पिनर नौमान अलीले बाबरबाट क्याच आउट गराएका थिए । शीर्षक्रमका अन्य ब्याट्सम्यानको प्रर्दशन भने कमजोर रह्यो । ओपनर एडेन मारक्रम १३, रास्सी भान डर डुसेन १७, फाफ डु प्लेसिस २३ र कप्तान क्विन्टन डी कक १५ रनमा आउट भएपछि दक्षिण अफ्रिका ठूलो योगफलको सम्भावना टाँढिएको थियो ।

तल्लोक्रमका जर्ज लिन्डे ६४ बलमा ५ चौका सहित ३५ र टेम्बा बभुमा १७ रनमा आउट भए । कागिसो रबाडा ३६ बलमा ३ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । पाकिस्तानका स्पिनर याशिर शाहले ३ विकेट लिए । नौमान अली र शाहिन अफ्रिदीले २–२ विकेट लिए । हसन अलीको नाममा १ विकेट रह्यो । १४ वर्षपछि पाकिस्तानमा भ्रमणमा आएको दक्षिण अफ्रिकाले दुई टेष्ट र तीन टि२० आई सिरिज खेल्ने छ । दोस्रो टेष्ट ४ फेब्रुअरी देखि सुरु हुने छ ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.