4 years ago
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल अघि दुवै कप्तानले टोलीको लक्ष्य उपाधि जित्ने बताएका छन् ।
आर्मी पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनल आर्मीले लगातार हारेको थियो । एपिएफले दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो । अन्य संस्करणमा भने एपिएफ सेमिफाइनलबाटै बाहिरिएको थियो ।
‘फाइनल पुगेकाले खुसी छौं । टोली प्रर्दशनको लागि आतुर छ । एउटा खेलाडीले भन्दा पनि सम्पूर्ण टिमले राम्रो गरि खुसी छौं र लक्ष्य उपाधि जित्ने नै छ’, एपिएफका कप्तान शरद भेषावकरले भने, ‘फाइनल पुग्नुनै सबैभन्दा खुसीको कुरा हो । प्रर्दशन पनि सुधारिएको छ । हामी खेलमा फाइनलमा उत्कृष्ट प्लेइङ ११ को उतार्ने छौं ।’
स्पिनर वसन्त रेग्मी सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेलेका थिएनन् । चोटका कारण नखेलेका उनी फाइनल खेल्ने वा नखेल्ने शनिबार विहान मात्रै थाहा हुने शरद बताउँछन् । ‘वसन्तको चोट सुधार भएको छ । शनिवार विहान फिटनेश टेष्ट गरेपछि थाहा हुन्छ । वसन्तको अनुभव हाम्रो लागि निकै महत्त्वपूर्ण छ । उनी खेलको नतिजामा नै फरक पार्न सक्ने खेलाडी हुन्’, शरदले भने ।
यता आर्मीका कप्तान विनोद भण्डारी भने वर्तमानको बारेमा सोचेर टोली फाइनलमा जाने बताए । ‘अघि के भयो भन्ने सम्झेर हुँदैन । भोलिको खेल हामी जित्नको लागि नै खेल्ने छौं । तीन खेलाडी (सोमपाल कामी, करण केसी र कुशल मल्ल) नहुँदा केहि गाह्रो परेको हो, तर उपलब्ध खेलाडी पनि कम छैनन्’, भण्डारीले भने ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अपेक्षा भन्दा कमजोर प्रर्दशन गरेका छन् । कप्तान विनोद भने रोहितले फाइनलमा प्रर्दशन गर्नेमा आशावादी छन् । ‘ठूलो खेलाडी ठूलो खेलको लागि हो । हिजोको खेलमा के भयो सोचेर हुँदैन । मलाई लाग्छ रोहितले फाइनलमा राम्रो गर्नेछ,’ उनले थपे ।
एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रन हराउँदै फाइनलमा स्थान बनाएको थियो । आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
अन्तरक्रियाको भिडियो हेर्नुहोस :
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]