4 years ago
January 29, 2021
एजेन्सी – संयुक्त अरव इमिरेट्स (यूएई) मा जारी आबूधाबी टि टेन लिगको दोस्रो दिन शुक्रबार तीन खेल हुँदै छन् । तीनै खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी, करण केसी र कुशल मल्ल खेल्दै छन् ।
पहिलो खेलमा करण सम्मिलित पुणे डेभिल्सले कलन्दर्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुने छ । पुणेले पहिलो खेलमा डेकन ग्याडियटर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।
करणले भने एक ओभरमा १७ रन खर्चेका थिए । आजको खेलमा करण बेन्चमा पर्न सक्छन् । करणको ठाउँमा श्रीलंका थिसेरा परेरालाई खेलाउन सक्ने सम्भावना देखिन्छ ।
दोस्रो खेलमा सोमपाल सम्मिलित मराठा अरेवियन्सले दिल्ली बुल्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ८ः०० बजे सुरु हुने छ । पहिलो खेलमा मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराएको थियो । दिल्ली बुल्सले बंगला टाइगर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।
सोमपाल टोलीको प्रमुख तीब्र गतिका बलर रहँदै पहिलो र अन्तिम ओभर बलिङ गरेका थिए । २ ओभरमा सोमपालले २८ रन खर्चेका थिए । आजको खेलमा पनि सोमपाल प्रमुख बलरको रुपमा खेल्ने सम्भावना छ ।
त्यस्तै आजको अन्तिम खेलमा कुशल मल्ल सम्मिलित टिम आबूधाबीले डेकनसँग खेल्ने छ । खेल राती १०ः १५ बजे सुरु हुने छ । टिम आबूधाबीमा क्रिस गेल, एलेक्स हेल्स, पल स्टर्लिङ, क्रिस मोरिस, रोहन मुस्तफा लगायतका खेलाडी छन् ।
जसको कारण कुशललाई टोलीमा स्थान बनाउन केहि कठिन देखिन्छ । तर टि टेन मा अलराउन्डरका साथ टोली मैदान उत्रने हुँदा कुशलको पनि सम्भावना देखिन्छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]