4 years ago
January 28, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पूणे डेभिल्सले आबूधाबी टि१० लिगमा विजयी सुरुवात गरेको छ ।
पुणेले बिहिबार डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्यायको पुणेले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुणेका किन्नर लुईस २८ बलमा ३ चौका र ६ छक्का सहित ५७ रनमा अविजित रहे । चाडविक वाल्टन १८ रनमा आउट भए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको डेकनले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाए । डेकनका तल्लोक्रममा ब्याटिङका लागि आएका आजम खान १३ बलमा १ चौका र ४ छक्का सहित ३७ रनमा अविजित रहे ।
क्यामरन डेलपोर्टले १७ बलमा २ छक्का सहित २५ रनको योगदान दिए । प्रसान्त गुप्ता १७, काइरन पोलार्ड २, सुनिल नारायण १ र मोहम्मद शहजाद ८ रनमा आउट भए । पुणेका कप्तान नासिर होसेनले २ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । करणले १ ओभरमा १७ रन खर्चिए ।
करणले छैटौं ओभरको पहिलो बलमा प्रसान्त गुप्ता र दोस्रो बलमा क्यामरन डेलपोर्टलाई एक एक रन खर्चिदै विदेशी लिगमा सुरुवात गरेका थिए । तेस्रो बलमा करणले चौका खर्चिए । चौथो बलमा बाउन्सर हाल्दै एक रन दिएका थिए ।
करणको पाँचौं बलमा नो बल फालेपछि डेलपोर्टले छक्का प्रहार गरेका थिए । करणले त्यसपछि दुई रन र एक रन खर्चिदै आफ्नो पहिलो ओभर सकाए । समग्रमा करणले डेब्यूको पहिलो ओभरमै १७ रन खर्चिन पुगेका थिए । पहिलो ओभरमै कमजोर प्रर्दशन गरेपछि उनलाई कप्तानले दोस्रो ओभर भने दिएनन् ।
पहिलो खेलमा अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले नर्थर्न वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । उक्त खेलमा सोमपालले मध्यम प्रर्दशन गरेका थिए ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]