4 years ago
January 28, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आबूधाबी टि१० लिगमा पुणे डेभिल्सबाट डेकन ग्ल्याडियटर्सविरुद्ध डेब्यू खेलमा कमजोर बलिङ गरेका छन् ।
डेकनले डेभिल्सलाई १ सय ५ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको डेकनले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाए । डेकनका तल्लोक्रममा ब्याटिङका लागि आएका आजम खान १३ बलमा १ चौका र ४ छक्का सहित ३७ रनमा अविजित रहे ।
क्यामरन डेलपोर्टले १७ बलमा २ छक्का सहित २५ रनको योगदान दिए । प्रसान्त गुप्ता १७, काइरन पोलार्ड २, सुनिल नारायण १ र मोहम्मद शहजाद ८ रनमा आउट भए । पुणेका कप्तान नासिर होसेनले २ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । करणले १ ओभरमा १७ रन खर्चिए ।
करणले छैटौं ओभरको पहिलो बलमा प्रसान्त गुप्ता र दोस्रो बलमा क्यामरन डेलपोर्टलाई एक एक रन खर्चिदै विदेशी लिगमा सुरुवात गरेका थिए । तेस्रो बलमा करणले चौका खर्चिए । चौथो बलमा बाउन्सर हाल्दै एक रन दिएका थिए ।
करणको पाँचौं बलमा नो बल फालेपछि डेलपोर्टले छक्का प्रहार गरेका थिए । करणले त्यसपछि दुई रन र एक रन खर्चिदै आफ्नो पहिलो ओभर सकाए । समग्रमा करणले डेब्यूको पहिलो ओभरमै १७ रन खर्चिन पुगेका थिए । पहिलो ओभरमै कमजोर प्रर्दशन गरेपछि उनलाई कप्तानले दोस्रो ओभर भने दिएनन् ।
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]
March 23, 2025
एजेन्सी – इशान किसनको आक्रमक शतकीय इनिङसँगै सनराइजर्स हैदरावादले आइपिएलमा राजस्थान रोयल्स विरुद्ध सानदार प्रदर्शन गरेको छ । किसनले नटआउट १ सय ६ रन बनाएपछि हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रनको विशाल योगफल तयार पारेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। आइपिएल इतिहासमा यो दोस्रो […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ। एपिएफको यो जितसँगै अब पिएम कप फाइनलको होडमा ३ विभागीय टोली मात्र रहेका छन्। बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ। एक्सट्रा टेक ओभल मैदानमा जितको लागि २ सय ५९ रनको लक्ष्य पछाएको गण्डकी […]