8 years ago
September 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कलर्स एक्स-फ्याक्टर्सले शक्ति गौचनको कप्तानीमा रहेको जगदम्बा राइनोजलाइ सुपर ओभरमा हराएको छ।
पहिलो ब्याटिङ्ग गरेको एक्स-फ्याक्टर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोडेको थियो। ओपनर हरिशंकर शाह र फैजल खान नचलेपनि राजेश र कप्तान ज्ञानेन्द्रले पारि सम्हालेका थिए। ज्ञानेन्द्रले ४४ बलमा २९ रन बनाए भने राजेशले २९ रन बनाउन २९ बल खर्चे। बलिङ्ग तर्फ सोमपाल कामि र निजामुद्दीन हलवाईले समान ३-३ विकेट लिए।
११३ रन्को लक्ष्य पछ्याएको राइनोजको इनिंग्स सन्जम रेग्मीको स्पिनसामु टिक्न सकेन। सुरुवाती चार विकेट लिएका सन्जमले चार ओभरमा मात्र १२ रन खर्चे। सोमपाल र पवनले समान १९ रन बनाएपछि राइनोजको पारि सम्हालिएको थियो। अन्तिम ओभरमा अभिनाश कर्णले १३ रन दिएपछि खेल सुपर ओभरमा लम्बिएको थियो।
सुपर ओभरमा १० रन जोडेको राइनोजले सोमपाल र सौरभ खनाललाइ ब्याटिङ्गमा पठाएको थियो भने एक्स-फ्याक्टर्सका अभिनाश कर्णले बलिंग गरेका थिए। सिधान्त लोहनीले सोमपालको पहिलो बलमा नै छक्का प्रहार गरेपछि एक्स-फ्याक्टर्सले सहजै जित हात परेको थियो।
खेलको म्यान अफ द म्याच सन्जम रेग्मी घोषित भए।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]