4 years ago
January 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले आबुधाबी टि१० लिग अन्तर्गत सिजनको पहिलो खेलमा नै डेब्यु गर्ने भएका छन् ।
सिजनको पहिलो खेलमा मराठा अरेबियन्सको प्लेइङ ११ मा सोमपाल सामेल भएका छन् । नर्दर्न वारियार्सविरुद्ध खेलमा मराठाका कप्तान मोसदेक होसेनले टस जितेर फिल्डिङ रोजेका छन् ।
मराठाले प्लेइङ ११ मा सोमपालसँगै लौरी एभान्स, जाभेद अहमादी, अब्दुल बांगाश, मोहमद हफिज, प्रविन ताम्बे, इशान मलहोत्रा, सोमपाल कामी, मुक्तार अली, सोहाग गाजी र यामिन अहम्द्जाईलाई उतारेको छ ।
निकोलस पुरन कप्तान रहेको वारियार्समा रोभमान पावेल, लेन्डल सिमन्स, ब्रेन्डन किङ्ग, मोहमद वासिम, रायद एम्रित, फबियन एलन, वायन पार्नेल, वाहब रियाज, जुनेद सिदिकी र महेश ठिकसाना रहेका छन् ।
त्यस्तै नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स र डेकन ग्ल्याडियटर्स खेल्दै छन् । खेल नेपाली समय अनुसार ८ बजे आबूधाबीमा चल्ने छ । डेकन वेस्टइन्डिजका काइरन पोलार्डको कप्तानीमा मैदान उत्रने छ ।
डेकनमा सुनिल नारायण, कोलिन इनग्राम, पोलार्ड र इमरान ताहिर लगायतका विश्वका चर्चित खेलाडी छन् । यता करणको टोली पुणेमा चाडविक वाल्टन, साम विलिंग्स, थिसेरा परेरा, मोहम्मद आमिर लगायतका विश्व चर्चित खेलाडी हुँदा सम्भावना कम देखिन्छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]