4 years ago
January 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याट्सम्यान राजेश पुलामीको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ५० ओभरमा २ सय २९ रनमा अल आउट भयो । खराब सुरुवात गरेको आर्मीका राजेश पुलामीले ९१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।
राजेशले ७१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ४३ औं ओभरको चौथो बलमा स्पिनर विपिन आचार्यलाई लङअनमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । आर्मी एक समय २६.४ ओभरमा १०६–६ को खराब अवस्थामा पुगेको आर्मीलाई सातौं विकेटका लागि विक्रम सोब र राजेश पुलामीले ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर रामनरेश गिरीले सोबलाई आकाश थापाबाट ३५ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । विक्रमले ५८ बलमा ३ चौका प्रहार गरे । बागमतीलाई युवा तीव्र गतिका बलर गौतम केसीले चौथो ओभरमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएका थिए । गौतमले तेस्रो बलमा ओपनर अनिल मण्डललाई २ रनमा बोल्ड आउट गरे ।
एक बलपछि रोहित कुमार पौडेल पनि शून्यमा बोल्ड आउट भएपछि ५–२ को अवस्थामा पुगेको थियो । रोहित ब्याटको किनरामा लाग्दै बोल्ड आउट हुन पुगेका थिए । गौतमकै अर्को ओभरमा हरि चौहान ३ रनमा कट बिहाइन्ड भएपछि आर्मी दयनीय अवस्थामा पुगेको थियो ।
चौथो विकेटका लागि लोकेश बम र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । लोकेशलाई १९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले पृथु बास्कोटाबाट २३ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।
लोकेशले ३० बलमा २ चौका र १ छक्का सहित २३ रनको योगदान दिए । तिलकले २२ औं ओभरको तेस्रो बलमा भिम सार्कीलाई ४० रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै बागमतीलाई पुनः खेलमा फर्काएका छन् । भिमले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि लोकेशले ब्यक्तिगत १६ रनमा जीवनदान पाउँदा आर्मी नौं ओभरमा ३६–३ को कमजोर अवस्थामा थियो । नन्दन यादवको नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका उनलाई ईशान पान्डेले डीप मिडविकेटमा क्याच छोड्दै जीवनदान दिएका थिए ।
विपिनको बलमा ठूलो सट खेलेका विनोद लङअनमा नन्दन यादवबाट १० रनमा क्याच आउट हुन पुगेका थिए । विनोद आउट भएसँगै खराब सुरुवात गरेको आर्मीलाई राजेश र विक्रमले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए । सुशन भारी ११ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे ।
युवा तीव्र गतिका बलर गौतम केसीले १० ओभरमा १ मेडन सहित ६१ रन खर्चेर ५ विकेट लिए । रामनरेश गिरी, नन्दन यादव, तिलकराज भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]