4 years ago
January 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरव इमिरेट्स (यूएई) मा आजदेखी चौथो संस्करणको टि१० लिग सुरु हुँदैछ । पहिलो खेलमा मराठा अरेवियन्स र नर्थन वारियर्ससँग खेल्दै छन् । खेल नेपाली समय अनुसार ५:४५ मा सुरु हुनेछ ।
मराठामा सोमपालको बलियो सम्भावना छ । पाकिस्तानका अनुभवी ब्याट्सम्यान सोएब मलिकले कप्तानी गर्ने छन् । सोमपालको टोलीमा तीव्र गतिका बलरमा विश्वचर्चित खेलाडीको कमी हुँदा खेल्ने सम्भावना छ । मराठाले तीव्र गतिका बलरमा सोमपाल र बंगलादेशका तस्किन अहमदले गर्ने सम्भावना छ ।
खेल १० ओभरको मात्र हुने हुँदा टोली सकेसम्म सर्वाधिक अलराउन्डरको साथ मैदान उत्रने छन् । जसको कारण समपालको सम्भावना देखिन्छ । सोमपालको टोलीमा मोहम्मद हफिज, सोएब मलिक, प्रबिण ताम्बे लगायतका खेलाडी छन् ।
यता वारियर्समा विश्वका चर्चित खेलाडी छन् । वेस्टइन्डिजका खेलाडीले भोरिएको वारियर्स उत्कृष्ट विजयी सुरुवात गर्न चाहान्छ । वारियर्समा लेन्डल सिमन्स, ब्रेन्डन किंग, रोभमन पवेल, निकोलस पुरन, पाकिस्तानका यहाब रियाज लगायतका खेलाडी छन् । कप्तानी पुरनले गर्ने छन् ।
त्यस्तै नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स र डेकन ग्ल्याडियटर्स खेल्दै छन् । खेल नेपाली समय अनुसार ८ बजे आबूधाबीमा चल्ने छ । डेकन वेस्टइन्डिजका काइरन पोलार्डको कप्तानीमा मैदान उत्रने छ ।
डेकनमा सुनिल नारायण, कोलिन इनग्राम, पोलार्ड र इमरान ताहिर लगायतका विश्वका चर्चित खेलाडी छन् । यता करणको टोली पुणेमा चाडविक वाल्टन, साम विलिंग्स, थिसेरा परेरा, मोहम्मद आमिर लगायतका विश्व चर्चित खेलाडी हुँदा सम्भावना कम देखिन्छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]