default_image

4 years ago

January 28, 2021

आर्मीविरुद्ध बागमतीको उत्कृष्ट सुरुवात

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २५ ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको छ । विनोद भण्डारी ३ र राजेश पुलामी १३ रनमा अविजित छन् । बागमतीलाई युवा तीव्र गतिका बलर गौतम केसीले चौथो ओभरमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएका थिए । गौतमले तेस्रो बलमा ओपनर अनिल मण्डललाई २ रनमा बोल्ड आउट गरे ।

एक बलपछि रोहित कुमार पौडेल पनि शून्यमा बोल्ड आउट भएपछि ५–२ को अवस्थामा पुगेको थियो । रोहित ब्याटको किनरामा लाग्दै बोल्ड आउट हुन पुगेका थिए । गौतमकै अर्को ओभरमा हरि चौहान कट बिहाइन्ड भएपछि आर्मी दयनीय अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि लोकेश बम र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । लोकेशलाई १९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले पृथु बास्कोटाबाट २३ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।

लोकेशले ३० बलमा २ चौका र १ छक्का सहित २३ रनको योगदान दिए । तिलकले २२ औं ओभरको तेस्रो बलमा भिम सार्कीलाई ४० रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै बागमतीलाई पुनः खेलमा फर्काएका छन् । भिमले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि लोकेशले ब्यक्तिगत १६ रनमा जीवनदान पाउँदा आर्मी नौं ओभरमा ३६–३ को कमजोर अवस्थामा थियो । नन्दन यादवको नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका उनलाई ईशान पान्डेले डीप मिडविकेटमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.