default_image

4 years ago

January 28, 2021

आर्मीविरुद्ध पहिला बलिङ गर्दै बागमती

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले पहिला बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । बागमतीले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । आर्मीले तीव्र गतिका बलर आकाश चन्दको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको छ ।

आजको विजेताले शनिवार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्ने छ । एपिएफले पहिलो खेलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा पुगि सकेको छ । आर्मी प्रधानमन्त्री कपको तीनै संस्करणमा फाइनल सम्मको यात्रा तय गरेको छ । आर्मी बागमतीलाई हराउँदै लगातार चौथो पटक फाइनमा पुग्ने सोचमा छ । यता बागमती पनि आर्मीलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुग्ने पहिलो प्रदेशको टोली बन्न चाहान्छ ।

गत संस्करणमा बागमती सेमिफाइनलमा आर्मीसँग १ सय १७ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । बागमती उक्त हारको बदला यस पटक लिन चाहान्छ । हालसम्म प्रधानमन्त्री कपको फाइनलमा प्रदेशका टोली पुग्न सकेका छैनन् । त्यसैले बागमतीलाई आजको खेलमा इतिहास बनाउने अवसर छ ।

पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलको खेल प्रभावित हुँदा उपाधि संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

बागमतीको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, तिलकराज भण्डारी, विपिन आचार्य र नन्दन यादव

आर्मीको प्लेइङ ११ : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, सुशन भारी, साहब आलम, लोकेश बम र जितेन्द्र मुखिया

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.