default_image

4 years ago

January 27, 2021

पुलिसलाई हराउँदै एपिएफ फाइनलमा

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिस ४९.२ ओभरमा १ सय ७३ रनमा अल आउट भयो । पुलिसका तल्लोक्रमका ब्याट्सम्यान पवन सरार्फले सर्वाधिक ४० रनको योगदान दिए । पवनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

पुलिसले खराब सुरुवात गरेको थियो । उक्त खराब सुरुवातलाई मध्यक्रमका ब्याट्सम्यानले पनि सम्हाल्न नसक्दा पराजित हुन पुगेको हो । पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई भुवन कार्कीले शून्यमा एलबिडब्लू आउट गरेका थिए ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले चौथो ओभरको चौथो बलमा सुनिल धमला तीन रनमा एलबिडब्लू आउट गर्दै एपिएफलाई उत्कृष्ट सुरुवात दिलाए । भुवन कार्कीले पाँचौं ओभरको पहिलो बलमा अमित श्रेष्ठलाई ८ रनमा सन्दीप जोराबाट क्याच गराउँदै ३–१५ को कमजोर अवस्थामा पुर्याइदिएका थिए ।

चौथो विकेटका लागि विकेटकिपर अनिल कुमारशाह र दीपेन्द्रसिंह ऐरीले ४६ रनको साझेदारी गर्दै पुलिसलाई आशा जगाएका थिए । तर २० औं ओभरको पहिलो बलमा कमलले अनिललाई २१ रनमा बोल्ड पुलिसको आशालाई टाढा बनाएका थिए । अनिलले ४४ बलमा ३ चौका प्रहार गरे ।

२६ औं ओभरको अन्तिम बलमा शरद भेषावकरले सुबास खकुरेलबाट ३३ रनमा क्याच गराएपछि एपिएफ जिततर्फ अघि बढेको थियो । त्यसअघि अनिललाई आशिफले फस्ट स्लिपमा ९ रनमा क्याच छोड्दा जीवनदान पाएका थिए । दीपेन्द्रको ब्यक्तिगत १३ रनमा शंकर रानाले क्याच छोडेका थिए ।

शरदको बलमा मञ्जित श्रेष्ठ ३ रनमा कमलबाट आउट हुन पुगे । पवनले ३९ रनमा जीवनदान पाएका थिए । लङअनमा सुमित महर्जनले पवनको eक्याच छोड्न पुगेका थिए । एपिएफको फिल्डिङ भने कमजोर देखिएको थियो ।

तल्लोक्रममा राशिद खानले ५१ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । आरिफ १० औं नम्बरमा ब्याटिङका लागि आएका थिए । पहिलो इनिङको ४६ औं ओभरमा आरिफको दाँया खुट्टाको एंकलमा चोट लागेको थियो । आरिफ १४ बलमा १ छक्का र २ चौका सहित १६ रनमा आउट भए । आरिफ ४७ औं ओभरको पहिलो बलमा राशिद खान आउट भएपछि आरिफ ब्याटिङका लागि आएका थिए । ४९ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका आरिफ डीप मिडविकेटमा भाई आशिफ शेखबाट क्याच आउट हुन पुगे ।

भुवन कार्कीले ९.२ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । शरद भेषवाकर १० ओभरमा २ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराको नाममा पनि २ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । अभिनाशले अन्तिम ओभरमा राशिद खानलाई पाँचौं बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै योगफल २ सय कटाएका थिए । अभिनाश ५ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । एपिएफका शंकर रानाले ९६ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए ।

कमजोर सुरुवात गेरेको एपिएफलाई तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याएका हुन् । भुवन कार्की ५६ बलमा १ छक्का र २ चौका सहित ४२ रनमा स्टम्पिङ आउट भए । भुवनले ब्यक्तिगत ८ रनमा कुशल भुर्तेलले क्याच छोड्न पुग्दा जीवनदा पाएका थिए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो सट खेलेका भुवनको क्याच मिडअफमा कुशलले छोड्न पुगेका थिए ।

पाँचौं ओभरको तेस्रो बलमा तीव्र गतिका राशिद खानले आशिफ शेखलाई आफैं क्याच लिँदै एक रनमा आउट गरेका थिए । आरिफ शेखले ओपनर अर्का ओपनर सुबास खकुरेललाई आठौं ओभरको चौथो बलमा १९ रनमा बोल्ड आउट गरे । आरिफको इनस्विङ बलमा विट भएपछि सुबास बोल्ड हुन पुगेका थिए । सुबासले ३१ बलमा २ चौका प्रहार गरे ।

१२ औं ओभरको अन्तिम बलमा आरिफले कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल कुमार शाहबाट १८ रनमा क्याच आउट गराए । शरदले २८ बलमा २ चौका प्रहार गरे । आरिफले १४ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका पवन सरार्फबाट युवा ब्याट्सम्यान सुमित महर्जनलाई एक रनमा क्याच गराएपछि एपिएफ ४३–४ को अवस्थामा पुगेको थियो ।

सन्दीप जोरा र शंकर रानाले पाँचौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ३० औं ओभरको दोस्रो बलमा सन्दीपलाई सागर ढकालले ३४ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । सन्दीपले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कमलसिंह ऐरी १३ बलमा २ चौका सहित १९ रनमा आउट भए ।

आरिफले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिएका छन् । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले २, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।

एपिएफ समूह ए मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । एपिएफले यसअघि दोस्रो संस्करणको उपाधि जितेको थियो । दोस्रो सेमिफाइनलमा बिहिबार समूह बी को विजेता बागमती प्रदेश र समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । फाइनल शनिबार हुने ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.