4 years ago
January 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिगको १४ औं संस्करणको अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुने भएको छ । इन्डियन प्रिमियर लिगले बुधबार आइपिएल अक्सन १८ फेबु्रअरी मा चेन्नईमा हुने जनाएको छ ।
आइपिएल अक्सनको लागि सबै टोलीले खेलाडी फुकुवा (रिलिज) र रहने (रिटेन) गरि सकेका छन् । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको छ । सन्दीप पनि अक्सनमा सहभागी हुने छन् । सन्दीप अक्सनमा जाने हुँदा निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
यस पटक मुम्बई इन्डियन्सले आइपिएल इतिहासकै सर्वाधिक सफल तीव्र गतिका बलर लासिथ मलिङ्गालाई टोलीबाट पहिलो पटक फुकुवा गरेको छ । मुम्बईका अनुसार अव मलिङ्गाले फ्रेन्चाइज लिग खेल्ने छैनन् । पन्जाबले ग्लेन म्याक्सवेल र राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई फुकुवा गरेका छन् ।
दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा टोलीमा अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले ३ खेलमा मौका पाउँदा ५ विकेट लिएका थिए । सन् २०१९ को आइपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । समग्रमा सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए । दिल्लीले यस संस्करणको आइपिएलमा सन्दीपलाई कुनैपनि खेलमा मौका दिएको थिएन ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]