4 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनायो । अभिनाशले अन्तिम ओभरमा राशिद खानलाई पाँचौं बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै योगफल २ सय कटाएका थिए । अभिनाश ५ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । एपिएफका शंकर रानाले ९६ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए ।
कमजोर सुरुवात गेरेको एपिएफलाई तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याएका हुन् । भुवन कार्की ५६ बलमा १ छक्का र २ चौका सहित ४२ रनमा स्टम्पिङ आउट भए । भुवनले ब्यक्तिगत ८ रनमा कुशल भुर्तेलले क्याच छोड्न पुग्दा जीवनदा पाएका थिए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो सट खेलेका भुवनको क्याच मिडअफमा कुशलले छोड्न पुगेका थिए ।
पाँचौं ओभरको तेस्रो बलमा तीव्र गतिका राशिद खानले आशिफ शेखलाई आफैं क्याच लिँदै एक रनमा आउट गरेका थिए । आरिफ शेखले ओपनर अर्का ओपनर सुबास खकुरेललाई आठौं ओभरको चौथो बलमा १९ रनमा बोल्ड आउट गरे । आरिफको इनस्विङ बलमा विट भएपछि सुबास बोल्ड हुन पुगेका थिए । सुबासले ३१ बलमा २ चौका प्रहार गरे ।
१२ औं ओभरको अन्तिम बलमा आरिफले कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल कुमार शाहबाट १८ रनमा क्याच आउट गराए । शरदले २८ बलमा २ चौका प्रहार गरे ।
आरिफले १४ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका पवन सरार्फबाट युवा ब्याट्सम्यान सुमित महर्जनलाई एक रनमा क्याच गराएपछि एपिएफ ४३–४ को अवस्थामा पुगेको थियो ।
सन्दीप जोरा र शंकर रानाले पाँचौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ३० औं ओभरको दोस्रो बलमा सन्दीपलाई सागर ढकालले ३४ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । सन्दीपले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कमलसिंह ऐरी १३ बलमा २ चौका सहित १९ रनमा आउट भए ।
आरिफले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिएका छन् । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले २, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।
आरिफ ४६ औं ओभरमा फिल्डिङ गर्नेक्रममा गल्ली क्षेत्रमा घाइते हुन पुगेका थिए । उनको दाँया खुट्टाको एंकलमा चोट लागेको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]