default_image

4 years ago

January 29, 2021

छक्का हानेको रातो बल सेतो हुँदै फर्किएपछि…

107 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शक दिर्घातर्फ जाँदा समर्थकहरुले क्याचको प्रयास गर्दै मनोरञ्जन लिने गर्दछन् ।

छक्का हानेको बल हराएको र समर्थकलेनै लगेको थुप्रै दृश्यहरु मैदानमा बेला बेलामा देखिन्छ । पछिल्लो समय कोरोना महामारीको कारण छक्का हानेको बललाई सेनिटाइजर प्रयोग गरेको दृश्य पनि देखिँदै आएको छ ।

टेष्टमा रेड (रातो) र अन्य शैलीको क्रिकेटमा सेतो (ह्वाइट) बलले खेल्ने गरिन्छ । तर इंग्ल्यान्ड र श्रीलंकासँगको टेष्ट खेलमा भने ब्याट्सम्यानले छक्का हानेको रातो बल सेतो बनेर फर्किएको थियो ।

इंग्ल्यान्डले श्रीलंकासँगको दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको छ । दोस्रो टेष्ट दोस्रो इनिङमा भने इंग्ल्यान्डले लक्ष्य पछ्याउनेक्रममा उक्त रोमाञ्चक दृश्य देखिएको थियो । इंग्ल्यान्डका ब्याट्सम्यान जोनी बेयरस्टोले प्रहार गरेको रातो बल सेतो बनेर फर्किएको थियो ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले स्पिनर रमेश मेन्डिसलाई स्वीप हान्दै छक्का प्रहार गरे । त्यसपछि खेलाडी र एम्पायर बलको पर्खाइमा बसे । तर केहि समय पछि मैदान बाहिर बल सेतो रंगको देखियो ।

श्रीलंका वैकल्पिक फिल्डरले उक्त बल नरम कपडाको सहयोगले बाउन्ड्री बाहिर सेतो पुछे । केहि भागमा हल्का हटेको थियो । उक्त समय फिल्डर कुशल परेरा बल ल्याउन आए । केहि बेरमै उक्त फिल्डरले बल एम्पारतर्फ गुडाउँदै फालेका थिए । उक्त बलको रंग भने सेतो थियो ।

एम्पायरले बलको रंग नै परिवर्तन भएपछि अर्को बल मगाए । छक्का प्रहर गरेको बल मैदानबाहिर बाल्टीनमा रहेको रंगमा परेपछि सेतो बन्न पुगेको थियो । उक्त सेतो रङ पिचमा रेखा बनाउन राखेको हुन सक्ने अनुमान गरिएको छ ।

श्रीलंका दोस्रो खेलमा एन्जिलो म्याथ्युजको १ सय १० को शतकीय इनिङ र निरोशन डिक्वेलाको ९२ रनको सहयोगमा पहिलो इनिङमा ३ सय ८१ रन बनाएको थियो । कप्तान जो रुटको १ सय ८६ रनको सहयोगमा इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ४४ रनमा अल आउट भएको थियो ।

पहिलो इनिङमा ३७ रनको अग्रता लिएको श्रीलंका दोस्रो इनिङमा खराब ब्याटिङ गर्दै १ सय २६ रनमा अल आउट हुँदै १ सय ६४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य इंग्ल्यान्डले ४ विकेटको क्षतिमा पूरा गरेको थियो । पहिलो टेष्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.