8 years ago
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाइ ४९ रनको भारि अन्तरले हरायो।
म्यान अफ द म्याच करण केसीको आक्रमण ब्याटिङ्गको मद्दतले पन्चकन्या तेजले पहिलो इनिंग्समा १८५ रनको विशाल योगफल खडा गरेको थियो। केसीले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५२ रन बनाएका थिए। तेजका लागी ओपनर असिफ सेख २ रनमा आउट भए भने अन्य सबै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएका थिए।
१८६ रनको लक्ष्य पछ्याएको लेजेन्ड्सले कुनै समयमा पनि खेलमा हावी हुन सकेन। मेहबुब आलमले २३, राहुल विश्वकर्मा र चन्द्र साउदले २२ रन बनाएर टोलीलाई सम्मानजनक योगफल तर्फ डोर्याएका थिए। लिगमा पहिलोपल्ट अल आउट हुन पुर्व टोलीले १३६रन जोड्न सक्यो। एक समयमा लेजेन्ड्स ६-६८को दयानिय स्थितमा थियो।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]