4 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिका बलर आरिफ शेखको उत्कृष्ट बलिङसँगै चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफले १८ ओभरमा ४ विकेट गुमाउँदै ५५ रन बनाएको छ । एपिएफका शंकर राना ७ र सन्दीप जोरा ८ रनमा खेलि रहेका छन् । पाँचौं ओभरको तेस्रो बलमा तीव्र गतिका राशिद खानले आशिफ शेखलाई आफैं क्याच लिँदै एक रनमा आउट गरेका थिए ।
आरिफ शेखले ओपनर अर्का ओपनर सुबास खकुरेललाई आठौं ओभरको चौथो बलमा १९ रनमा बोल्ड आउट गरे । आरिफको इनस्विङ बलमा विट भएपछि सुबास बोल्ड हुन पुगेका थिए । सुबासले ३१ बलमा २ चौका प्रहार गरे ।
१२ औं ओभरको अन्तिम बलमा आरिफले कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल कुमार शाहबाट १८ रनमा क्याच आउट गराए । शरदले २८ बलमा २ चौका प्रहार गरे । आरिफले १४ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका पवन सरार्फबाट युवा ब्याट्सम्यान सुमित महर्जनलाई एक रनमा क्याच गराएपछि एपिएफ ४३–४ को अवस्थामा पुगेको थियो ।
आरिफले ९ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिएका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]