4 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिसविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा पुलिसका कप्तान मन्जित श्रेष्ठले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । एपिएफले आजको खेलमा ओपनर रित गौतम, स्पिनर वसन्त रेग्मी र किशोर महतोलाई बेन्चमा राखेको छ । टोलीमा यसअघि अन्तिम १४ बाहिर रहेका अफ स्पिनर सूर्य तामाङलाई मौका दिएको छ । पुलिसले भने टोलीमा परिवर्तन गरेको छैन ।
एपिएफ समूह ‘ए’ को विजेता हो भने पुलिस समूह ‘बी’ को उपविजेता हो । जारी प्रतियोगितामा एपिएफ अपराजित छ । पुलिसले बागमतीसँग ७ विकेटले हारेको थियो । पुलिस पहिलो हार देखि सजग छ । अपराजित एपिएफलाई हराउँदै पुलिस फाइनलमा पुग्न चाहन्छ । एपिएफ अपराजित लयलाई कायमै राख्दै दोस्रो पटक फाइनलमा पुग्न चाहन्छ ।
पुलिस मञ्जित श्रेष्ठ र एपिएफ शरद भेषावकरको कप्तानीमा मैदान उत्रने छन् । पुलिस तेस्रो र एपिएफ दोस्रो पटक फाइनलमा पुग्ने सोचमा छन् । एपिएफले दोस्रो र पुलिसले तेस्रो संस्करणको उपाधि जितेका थिए । राष्ट्रिय टोलीको बाहुल्यता भएका यी दुई विभागीय टोलीबीच कडा प्रतिस्पर्धा हुने आशा राखिएको छ ।
एपिएफको टोली : शरद भेषावकर (कप्तान), सूर्य तामाङ, सुबास खकुरेल, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, शंकर राना, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र अभिनास बोहरा
पुलिसको टोली : मन्जित श्रेष्ठ (कप्तान), कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान, पवन सरार्फ
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]