4 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा आज नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबसँग खेल्दै छ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
एपिएफ समूह ‘ए’ को विजेता हो भने पुलिस समूह ‘बी’ को उपविजेता हो । जारी प्रतियोगितामा एपिएफ अपराजित छ । पुलिसले बागमतीसँग ७ विकेटले हारेको थियो । पुलिस पहिलो हार देखि सजग छ । अपराजित एपिएफलाई हराउँदै पुलिस फाइनलमा पुग्न चाहन्छ । एपिएफ अपराजित लयलाई कायमै राख्दै दोस्रो पटक फाइनलमा पुग्न चाहन्छ ।
पुलिस मञ्जित श्रेष्ठ र एपिएफ शरद भेषावकरको कप्तानीमा मैदान उत्रने छन् । पुलिस तेस्रो र एपिएफ दोस्रो पटक फाइनलमा पुग्ने सोचमा छन् । एपिएफले दोस्रो र पुलिसले तेस्रो संस्करणको उपाधि जितेका थिए । राष्ट्रिय टोलीको बाहुल्यता भएका यी दुई विभागीय टोलीबीच कडा प्रतिस्पर्धा हुने आशा राखिएको छ ।
एपिएफका ओपनर आशिफ शेख र सन्दीप जोरा राम्रो लयमा छन् । शीर्षक्रमका विकेटकिपर तथा ओपनर सुबास खकुरेल र कप्तान शरद भेषावकरलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । सुमित महर्जनले मध्यक्रम सम्हाल्दा तल्लोक्रममा अमरसिंह राउटेला र सन्दीप जोराबाट ठूलो इनिङको आशा राख्ने छ । भुवन कार्की र वसन्त रेग्मी स्पिन हतियार हुन् । तीव्र गतिका बलर कमलसिंह ऐरी र अभिनाश बोहरा पुलिसका ब्याट्सम्यानलाई घातक बन्न सक्छन् ।
पुलिसका शीर्षक्रमका ब्याट्सम्यान सुनिल धमला राम्रो लयमा छन् । उनले एकतर्फबाट बलरलाई निरन्तर दबाबमा राख्ने गर्दछन् । धमलाले लुम्बिनी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ र अनिल कुमार शाह टोलीका ब्याटिङ हतियार हुन् । पवनले लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्धशतक प्रहार गरेका थिए । आरिफ शेखले यस प्रतियोगितामा अपेक्षा अनुसार ब्याटिङ गर्न सकि रहेका छैनन् । आरिफलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ ।
ललित नारायण राजवंशी र सागर ढकाल स्पिन बलिङ हतियार हुन् । तीव्र गतिमा राशिद खानलाई आरिफ शेख र मञ्जित श्रेष्ठले साथ दिने छन् । पुलिसको तीव्र गतिको बलिङ युनिट केहि कमजोर देखिन्छ । प्रधानमन्त्री कपमा पुलिस र एपिएफबीच तीन खेल भएका छन् । जसमा पुलिस २ खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ । आशिफ र आरिफका दुई दाजुभाई एकअर्काविरुद्ध खेल्दै छन् ।
एपिएफको टोली : शरद भेषावकर (कप्तान) , वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र अभिनास बोहरा
पुलिसको टोली : मन्जित श्रेष्ठ (कप्तान) , दीलिप नाथ, कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान, प्रेम तामाङ, पवन सरार्फ र योगेन्द्र कार्की
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]