default_image

4 years ago

January 26, 2021

राशिद चम्कँदा आयरल्यान्डमाथि अफगानिस्तानको क्लिनस्विप

83 views

0 Bookmark

एजेन्सी – लेगस्पिनर राशिद खानको उत्कृष्ट अलराउन्ड प्रर्दशनको सहयोगमा अफगानिस्तानले आयरल्यान्डसँगको तीन ओडिआई सिरिजमा क्लिनस्विप गरेको छ । आइसिसी क्रिकेट वल्र्ड कप सुपर लिग अन्तर्गत रहेको यस सिरिजमा अफगानिस्तानले अन्तिम खेलमा आयरल्यान्डलाई ३६ रनले हराउँदै क्लिनस्विप गर्न सफल भएको छ ।

जितका लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ४७.१ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । आयरल्यान्डका ओपनर पल स्टर्लिङले १ सय १९ बलमा ९ चौका र ६ छक्का सहित १ सय १८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अफगानिस्तानविरुद्ध स्टर्लिङको यो लगातार दोस्रो शतक हो ।

दोस्रो खेलमा स्टर्लिङले १ सय २८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोली ७ विकेटले पराजित भएको थियो । लगातार शतक प्रहार गरेका स्टर्लिङ ‘प्लेयर अफ द सिरिज’ चुनिए । त्यस्तै ह्यारी टेक्टर २४, सिमी सिंह २० र लोर्कान टकर २२ रनमा आउट भए । अफगानिस्तानका राशिद खानले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ चुनिए । मुजिब उर रहमानले २, नविन उल हक र मोहम्मद नाबीले १–१ विकेट लिए ।

त्यसअघि शेद जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६६ रन बनाएको थियो । राशिद खानले तल्लोक्रममा ४० बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए ।

कप्तान अस्गर अफगानले ४१, मोहम्मद नाबी ३२, गुलबदीन नाबीले ३६ रनको योगदान दिए । आयरल्यान्डका क्रेग योंग र सिमी सिंहले ३–३ विकेट लिए । आयरल्यान्ड पहिलो खेलमा १६ रन र दोस्रोमा ७ विकेटले पराजित भएको थियो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.