8 years ago
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – बसन्त रेग्मीले कप्तानी गरिरहेका कान्तिपुर गुर्खाज बिहिबार कलर्स एक्स-फ्याक्टर्ससंग १५ रनले पराजित भएपछि प्रतियोगिताको फाइनलमा नपुग्ने पक्का भएको छ।
टि.यु. मैदानमा बिहिबार भएको पहिलो खेलमा पहिलो ब्याटिङ्ग गर्दै कलर्स एक्स-फ्याक्टर्सले गुर्खाज सामु १२५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। एक्स-फ्याक्टर्सका लागि योगेन्द्र सिंह कार्कीले ३० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २० रन्को योगदान दिएका थिए।
प्रतियोगिताको फाइनल पुग्ने आशा जिवितै राख्न आजको खेल जित्नै पर्ने दवाब रहेको गुर्खाजले निर्धारित २० ओभरमा मात्र १०९ रन बनाउन सक्यो। प्रदिप ऐरीले ३१, कप्तान बसन्त रेग्मीले २५ र अन्तिम थापाले ३० रन बनाउन बाहेक अन्यले ३ रन पनि जोड्न सकेनन्। एक्स-फ्याक्टर्सका हरि शंकर शाहले ४ ओभरमा एक मेडन फाल्दै एक विकेट लिन आठ रन खर्चे। अमर सिंह राउटेलाले ३ विकेट लिएका थिए।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]