4 years ago
January 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भइसकेको छ ।
पहिलो सेमिफाइनलमा बुधबार समूह ए को विजेता नेपाल एपिएफ क्लबले समूह बी को उपविजेता नेपाल पुलिस क्लबसँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा बिहिबार समूह बी को विजेता बागमती प्रदेशले समूह ए को उप विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । जारी प्रतियोगितामा समूह चरणका खेल सकिँदा दुई शतक बनेका छन् ।
एकै इनिङमा सर्वाधिक रन ३ सय १० हुँदा सबैभन्दा कम ६२ रन छ । सर्वाधिक रन पुलिस र कम सुदूरपश्चिमको नाममा छ । कुल १० टोली मध्य प्रदेश २ मात्र जित विहिन बन्न पुग्यो । सर्वाधिक ठूलो अन्तरको जित बागमतीले सुदुरपश्चिमलाई १ सय ८० रनले हराएको छ । विकेटका हिसाबमा ९ विकेटको फराकिलो जित छ । बागमती र लुम्बिनी प्रदेशबीचको खेल बराबरी भएको थियो ।
यसपटक साविक विजेता नेपाल पलिस क्लबलाई सेमिफाइनलमा पुग्न धौधौ पर्यो । बागमती पुलिसलाई पछि पार्दै समूह बी बाट विजेता बन्यो । यस पटक विभागयी खेलाडी भन्दा प्रदेशका खेलाडीको प्रर्दशन उत्कृष्ट देखिएको छ । युवा खेलाडीको उत्कृष्ट प्रर्दशन यस प्रतियोगिताको सर्वाधिक सकरात्मक पक्ष मानिएको छ । समूह चरणको खेल सकिँदा सर्वाधिक रन बनाउने १० मध्य ६ प्रदेशका खेलाडी छन् । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने पाँच ब्याट्सम्यान यस प्रकार छन् ।
१. पृथु बास्कोटा (बागमती प्रदेश)
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनूरागमनको पर्खाइमा रहेका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटाले यस पटकको प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेका छन् । नेपाली यू१९ टोलीलाई विश्वकपमा पुर्याएका कप्तान समेत रहेका पृथुको उच्च लयको सहयोगमा बागमती प्रदेश समूह बी को विजेता बनेको छ ।
पृथुले ४ खेलमा २ पटक अविजित रहँदै कुल २ सय १४ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ८४ रहँदा स्ट्राइक ७८.३८ छ । जसमा २२ चौका र ७ छक्का सामेल छन् । पृथु पहिलो खेलमा पुलिसविरुद्ध ४८ रनमा अविजित रहेका थिए । दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ८४ रनमा आउट भएका थिए । तेस्रो खेलमा प्रदेश २ विरुद्ध ५३ रनमा अविजित रहँदा लुम्बिनी विरुद्ध २९ रनमा आउट भएका थिए ।
२. सुनिल धमला (पुलिस)
नेपाली घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रर्दशन गर्ने सुनिल धमलाले यस पटकको प्रधानमन्त्री कप क्रिकेटमा पनि आफ्नो लयलाई निरन्तरता दिएका छन् । नेपाली क्रिकेट टोलीमा पूनरागमनको पर्खाईमा रहेका धमलाले ४ खेलमा १ सय ८७ रन बनाएका छन् । जसमा एक शतक सामेल छ । उत्कृष्ट प्रर्दशन १ सय ४ रहँदा स्ट्राइक ६९.५१ छ ।
धमलाको कुल रनमा १७ चौका र ३ छक्का सामेल छन् । धमला पहिलो खेलमा बागमतीविरुद्ध १७ रनमा आउट भएका थिए । दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ५३ रनको इनिङ खेलेका थिए । तेस्रो खेलमा धमलाले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । अन्तिम खेलमा धमला प्रदेश २ विरुद्ध १३ रनमा आउट भएका थिए ।
३. सौरभ खनाल (लुम्बिनी)
राष्ट्रिय टोलीको डेब्यूको पर्खाइमा रहेका सौरभले यस पटकको प्रतियोगितामा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् । लुम्बिनी समूह चरणबाट बाहिरिएपनि सौरभले भने उत्कृष्ट प्रर्दशन गर्न सफल भए । सौरभले ४ खेलमा कुल १ सय ८२ रन बनाएका छन् । स्ट्राइकरेट ८१.२५ छ । १७ चौका र ९ छक्का सामेल छन् ।
तल्लोक्रममा ब्याटिङ गर्ने सौरभले प्रदेश २ विरुद्ध ५६ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा नेपाल पुलिस क्लबविरुद्ध सौरभले ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । सुदूरपश्चिमसँग १८ रनमा अविजित हुँदा बागमतीसँग ३४ रनमा आउट भएका थिए ।
४. विवेक यादव (प्रदेश २)
नेपाली यू१९ टोलीका सदस्य विवेकका लागि प्रधानमन्त्री कप उत्कृष्ट रह्यो । प्रदेश दुई समूह बी बाट जित विहिन हुँदै बाहिरिएपनि उनले आफ्नो उत्कृष्ट छाप छोड्दै फर्किए । विवेकले ४ खेलमा १ सय ६७ रन बनाए । जसमा उत्कृष्ट प्रर्दशन ६६ रन रह्यो । ८ चौका र १० छक्का सामेल छन् ।
तल्लोक्रममा ब्याटिङ गर्र्ने विवेकले पहिलो खेलमा लुम्बिनीविरुद्ध ५१ रनमा आउट भएका थिए । दोस्रो खेलमा विवेकले बागमती प्रदेशविरुद्ध ६६ रनको इनिङ खेलेका थिए । सुदूरपश्चिमसँगको खेलमा ४१ रनमा आउट भएका विवेक अन्तिम खेलमा पुलिससँग ९ रनमा आउट भएका थिए । तीव्र गतिका बलिङ गर्ने उनले ४ विकेट पनि लिएका थिए ।
५. विनोद भण्डारी (आर्मी)
त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने पाँचौं खेलाडी हुन् । पछिल्लो समय राम्रो लयमा रहेका विनोदले ४ खेलमा १ सय ५७ रन बनाएका छन् । जसमा एक शतक सामेल छ । विनोदको स्ट्राइकरेट १०२.६१ छ । १२ चौका र ८ छक्का सामेल छन् ।
पहिलो खेलमा विनोदले गण्डकीविरुद्ध १ सय ११ रनको अविजित शतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा विनोद कर्णालीविरुद्ध ४१ रनमा आउट भएका थिए । तेस्रो खेलमा विनोद प्रदेश १ सँग ५ रनमा आउट हुँदा अन्तिम खेलमा एपिएफसँग शून्यमा आउट भएका थिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]