default_image

4 years ago

January 26, 2021

सकिबको उत्कृष्ट पूनरागमन

70 views

0 Bookmark

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोत्कृष्ट पूनरागमन गरेका छन् । गतवर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सकिबलाई सट्टेबाजसँगको प्रस्तावलाई जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको अरोपमा एक वर्ष प्रतिबन्ध लगाएको थियो ।

१५ महिनापछि सकिबले घरेलु मैदानमा वेस्टइन्डिजसँगको ३ ओडिआई खेलको सिरिज मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रर्दशनका साथ पूनरागमन गरेका छन् । सकिब वेस्टइन्डिजसँगको ३ ओडिआईमा सिरिजमा ‘प्लेयर अफ द सिरिज’ का साथ पूनरागमन गरेका हुन् ।

सकिबले पूनरागमनको पहिलो खेलमै वेस्टइन्डिजविरुद्ध ७.२ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिँदै अन्तर्राष्ट्रि खेलमा सशक्त पूनरागनम गरेका थिए । उनको उक्त उत्कृष्ट बलिङसँगै वेस्टइन्डिज १ सय २२ रनमा अलआउट भएको थियो ।

पूनरागमनको पहिलो खेलमा सकिब म्यान अफ द म्याच चुनिए । दोस्रो खेलमा दुई विकेट लिएका सकिबले ४३ रनमा अविजित रहँदै बंगलादेशलाई ७ विकेटको सहज जित दिलाएका थिए । तेस्रो खेलमा सकिब ५१ रनको इनिङ खेलेका थिए ।

सकिबले प्लेयरअफ द सिरिज पछि सफल पूनरागमनको श्रेय टोलीका साथी र प्रशिक्षकहरुलाई दिएका छन् । ‘उनीहरुको सहयोग र समर्थनले मलाई धेरै मद्दत मिल्यो, विशेषत पहिलो खेलमा । मलाई आफ्नो लयमा फर्किन केहि समय चाहिँन्छ भन्ने लागेको थियो । पहिलो खेलपछि मलाई विश्वास लाग्यो । सिरिज अघि बढ्दै जादा अझ राम्रो भयो’, सकिबले खेलपछि भने ।

कोरोना महामारीको कारण बंगलादेशका सर्वाधिक सफल खेलाडी सकिबलाई एक वर्षको प्रतिबन्धले त्यति धेरै भने असर गरेन । सकिबको प्रतिबन्धपछि बंगलादेशले चार टेष्ट, १३ टि २० आई र ६ ओडिआई खेल खेलेको थियो । सकिब प्रतिबन्धअघि उत्कृष्ट लयमा थिए ।

इंग्ल्यान्डमा जुलाईमा सम्पन्न एकदिवसिय विश्वकपमा सर्वोत्कृष्ट प्रर्दशन गर्दै कीर्तिमानी प्रर्दशन गरेका थिए । सकिबले विश्वकपमा ८ खेलमा २ शतकका साथ ६ सय ६ रन बनाउनुको साथै ११ विकेट लिएका थिए । सकिब एकै विश्वकपमा ५ सयमाथि रन र १० भन्दामाथि विकेट लिने पहिलो खेलाडी थिए ।

सकिब त्यो बेला प्रतिबन्धमा परे जुन समय उनले बंगलादेशको खेलाडीको हकहितको लागि बोर्डविरुद्धनै आन्दोलनको नेतृत्व गरिरहेका थिए । सकिबको प्रतिबन्धसँगै उक्त आन्दोलन त्यतिकैमा सेलाएको थियो । सकिब प्रतिबन्धपछि केहि समय परिवारका साथ अमेरिकामा बसोबास गरेका थिए ।

सकिबले गत महिना बंगलादेशमा भएको बंगबन्धु टि ट्वान्टी कप मार्फत घरेलु क्रिकेटमा पूनरागमन गरेका थिए । सकिबले सट्टेबाजको प्रस्ताव आइसिसीलाई जानकारी नदिनु आफ्नो गल्ती भएको स्वीकार गरेका थिए । आगामी दिनमा युवा पुस्ताले यस प्रतिबन्धबाट राम्रो पाठ सिक्ने सकिबले बताएका थिए ।

उनले गत बैशाखमा कोरोना महामारीबाट प्रभावित मानिसलाई आर्थिक सहयोग गर्न अक्सनमा आफूले २०१९ मा विश्वकपमा प्रयोग गरेको ब्याटनै लिलामीमा राखेका थिए । सन् २००६ देखि बंगलादेशको जर्सीमा देखिन थालेका सकिब टोलीका प्रमुख हतियार र पहिलो रोजाईका खेलाडी रहदै आएका छन् ।

सकिब विश्व क्रिकेटमा वर्तमान समयमा उत्कृष्ट अलराउन्डरमध्ये एक हुन् । वेष्ट इन्डिजविरुद्धको तेस्रो ओडिआईमा सकिबको घाइते भएका थिए । त्यसैले उनले वेस्टइन्डिजसँगको दुई टेष्ट सिरिज खेल्ने सम्भावना कम छ ।

तेस्रो ओडिआईमा व्यक्तिगत पाँचौं ओभर बलिङ गर्नेक्रममा उनी घाइते भएका हुन् । उनले आफ्नो पूरा ओभर गर्न नसकेपछि अन्तिम बल सौम्य सरकारले पूरा गरेका थिए । तर सकिबको पूनरागमन प्रर्दशनले बंगलादेश मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेटनै उत्साहित र खुसी थपेको छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.