default_image

4 years ago

January 25, 2021

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा सोमबार नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब विजेता र त्रिभुवन आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट बागमती प्रदेश विजेता र पुलिस उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा बुधबार एपिएफ र पुलिस भिड्नेछन् । बिहिबार दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ । सेमिफाइन र फाइनलका खेल टियु मैदानमा हुने छन् ।

समूह ‘ए’ बाट एपिएफ ४ खेलमा अपराजित हुँदै समूह विजेता बन्यो । आर्मी ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समान ४ खेलमा ३ मा हार र १ मा जित सहित २–२ अंकका साथ क्रमश : कर्णाली तेस्रो, प्रदेश एक चौथो र गण्डकी पुछारमा रहँदै बाहिरिए ।

बागमती ४ खेलमा ३ मा जित र १ मा बराबरीका साथ ७ अंकका साथ समूह बी बाट विजेता बन्यो । पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंंकका साथ दोस्रो स्थानमा रह्यो । लुम्बिनी ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो ।

सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रह्यो । प्रदेश २ चार खेलमानै पराजित हुँदै अंकविहिन हुँदै बाहिरियो । प्रदेश २ पहिलो पटक प्रधानमन्त्री कपमा जित विहिन हुँदै बाहिरिएको हो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.