default_image

4 years ago

January 25, 2021

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेता बनेको छ ।

यसअघि नै यी दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए । जितका लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । आर्मीका ओपनर अनिल मण्डलले ७६ बलमा ८ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए ।

आर्मीले पहिलो विकेटका रुपमा छैटौं ओभरको पाँचौं बलमा ओपनर लोकेश बमलाई ब्यक्तिगत २१ रनमा गुमाएको थियो । आक्रामक सुरुवात दिलाएका लोकेशलाई कमलसिंह ऐरीले शरद भेषावकरबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए ।

लोकेशले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा हरि चौहानलाई कमलले आशिफ शेखबाट शून्यमा क्याच आउट गराए । कमलको १० औं ओभरको पहिलो बलमा कप्तान विनोद भण्डारी वसन्त रेग्मीबाट शून्यमा क्याच आउट भएपछि आर्मी समस्यामा परेको थियो ।

चौथो विकेटका लागि रोहित र अनिलले ७० रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । तर २७ औं ओभरको तेस्रो बलमा अनिल रन आउट हुनपुगेपछि आर्मीको जित टाढिएको थियो । रोहित कुमार पौडेल ६७ बलमा १ चौका सहित ३० रनमा क्याच आउट भए । भुवनले भिम सार्कीलाई २७ रनमा बोल्ड आउट गरे । सार्कीले ४० बलमा १ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रममा राजेश पुलामी र विक्रम सोबले आक्रामक ब्याटिङ गर्दै आर्मीलाई जितको आशा देखाएका थिए । ४५ औं ओभरको अन्तिम बलमा अभिनाश बोहराले राजेशलाई ३३ रनमा बोल्ड आउट गर्दै निराश बनाएका थिए । राजेशले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे । ४६ औं ओभरको पहिलो बलमा रन आउट हुनुअघि विक्रम सोबले २४ बलमा ५ चौका सहित २८ रनमा आउट भए ।

आकाश चन्द १४ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । साहब आलम १५ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । नवौं विकेटका लागि आकाश र साहबले ३८ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । स्पिनर भुवन कार्कीले १० ओभरमा २ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेटमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.४ ओभरमा २ सय ४० रनमा अल आउट भयो । एपिएफका युवा ब्याट्सम्यान सुमित महर्जनले ६८ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए ।

छैटौं ओभरको तेस्रो बलमा स्पिनर सुशन भारीले आशिफ शेखलाई ७ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि सुबास खकुरेल र शरद भेषावकरले ४४ रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्न खोजेका थिए । २० औं ओभरको अन्तिम बलमा स्पिनर साहब आलमले सुबासलाई रोहित कुमार पौडेलबाट ३९ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । सुबासले ८२ बलमा ६ चौका प्रहार गरे ।

हरि चौहानले शरदलाई २९ औं ओभरको दोस्रो बलमा २४ रनमा एलबिडब्लू आउट गरे । शरदले ५९ बलमा २ चौका प्रहार गरे । साहबले ३६ औं ओभरको पाँचौं बलमा सन्दीप जोरालाई २८ रनमा चौहानबाट क्याच आउट गराए । जोराले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

बसन्त रेग्मी २४ बलमा १ चौका र १ छक्का सहित २० रनमा आउट भए । भुवन कार्की ८, किशोर महतो ४ र कमलसिंह ऐरी शून्य रनमा आउट भए । अमरसिंह राउटेला १४ बलमा २ छक्का र १ चौका सहित २६ रनमा आउट भए ।

आर्मीका मध्यगतिका बलर हरि चौहानले ९.४ ओभरमा १ मेडन सहित ६० रन खर्चेर ५ विकेट लिए । स्पिनर साहब आलमले १० ओभरमा २ मेडन सहित २३ रन खर्चेर २ विकेट लिए । आकाश चन्द, विक्रम शोब र सुशन भारीले १–१ विकेट लिए ।

समूह ‘ए ‘बाट एपिएफ समूह विजेता र आर्मी उपविजेता बनेको छ । समूह ‘बी’ बाट बागमती समूह विजेता र पुलिस उपविजेता बनेका छ । पहिलो सेमिफाइनलमा बुधबार एपिएफ र पुलिस भिड्ने छन् । दोस्रो सेमिफाइनलमा बिहिबार आर्मी र बागमती भिड्ने छन् । फाइनल शनिबार हुने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.