4 years ago
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता प्रदेश २ लाई ४ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता पुलिस समूह बी बाट उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्दा लुम्बिनी प्रदेश भने बाहिरिएको छ । समूह बी बाट विजेताको रुपमा आइतबारनै बागमती प्रदेश सेमिफाइनलमा पुगेको थियो ।
जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका विकेटकिपर अनिल कुमार शाह ६९ बलमा ४ चौका सहित ४७ रनमा अविजित रहे । कप्तान मञ्जित श्रेष्ठ ६ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे ।
ओपनर कुशल भुर्तेल ५५ बलमा ३ चौका र १ छक्का सहित ४३ रनमा आउट भए । सुनिल धमला १३, अमित श्रेष्ठ र दीपेन्द्रसिंह ऐरी १७–१७ रनमा आउट भए । आरिफ शेख शून्यमा आउट हुँदा पवन सरार्फ ३ रनमा आउट भए । प्रदेश २ का स्पिनर कुमार थापाले ८ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ६ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । प्रदेश २ का ओपनर हरिशंकर शाह ८४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५३ रनमा रन आउट भए । हरिशंकरले ७७ बलमा अर्धशतक पूरा गरेका थिए । हरि शंकरको यो लगातार दोस्रो अर्धशतक हो । हरिशंकरले यस अघि आइतबार सुदूरपश्चिम प्रदेशविरुद्ध ६० रनको इनिङ खेलेका थिए ।
सातौं ओभरको दोस्रो बलमा हिमान्शु दत्त १६ रनमा रन आउट हुन पुगेका थिए । उनले २० बलमा ३ चौका प्रहार गरे । रवि शाहलाई स्पिनर ललितनारायण राजवंशीले सागर ढकालबाट ९ रनमा क्याच आउट गराए । २६ औं ओभरको चौथो बलमा पवन सरार्फले रवि सिंहलाई १२ रनमा बोल्ड आउट गरेका थिए ।
तल्लोक्रमका विशाल शुश्लिङ १२, विवेक यादव ९, आदिल अन्सारी १५, राहुल प्रताप सिंह ७ र सुरज कुर्मी १३ रनमा आउट भए । कुमार थापा ८ रनमा अविजित रहे ।
पुलिसका सागर ढकालले १० ओभरमा ३ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले ८ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फले १ विकेट लिए ।
बागमती ४ खेलमा ३ मा जित र १ मा बराबरीका साथ ७ अंकका साथ समूह बी बाट विजेता बन्यो । पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंंकका साथ दोस्रो स्थानमा रह्यो । लुम्बिनी ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रह्यो । प्रदेश २ चार खेलमानै पराजित हुँदै अंक विहिन हुँदै बाहिरियो । प्रदेश २ पहिलो पटक जित विहिन हुँदै बाहिरिएको छ ।
सेमिफाइनलमा लुम्बिनीले समूह ए को उप विजेता र पुलिसले विजेता सँग खेल्ने छ । समूह ए बाट नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । टियु मैदानमा जारी यी दुई खेलको विजेता टोलीले समूह विजेता र उपविजेताको निर्धारण गर्ने छ । सेमिफाइनल बुधबार र बिहिबार हुने छ । फाइनल शनिबार हुने छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]