4 years ago
January 25, 2021
मुलपानी (हाम्रो खेलकुल) – प्रदेश २ का ओपनर हरिशंकर शाहले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले २६ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । हरिशंकरले ७७ बलमा अर्धशतक पूरा गरेका हुन् । हरिशंकर ८० बलमा ५ चौका र १ छक्का सहित ५० रनमा खेलि रहेका छन् । हरि शंकरको यो लगातार दोस्रो अर्धशतक हो । हरिशंकरले यस अघि आइतबार सुदूरपश्चिम प्रदेशविरुद्ध ६० रनको इनिङ खेलेका थिए ।
सातौं ओभरको दोस्रो बलमा हिमान्शु दत्त १६ रनमा रन आउट हुन पुगेका थिए । उनले २० बलमा ३ चौका प्रहार गरे । रवि शाहलाई स्पिनर ललितनारायण राजवंशीले सागर ढकालबाट ९ रनमा क्याच आउट गराए । २६ औं ओभरको चौथो बलमा पवन सरार्फले रवि सिंहलाई १२ रनमा बोल्ड आउट गरेका छन् ।
जित विहिन हुनबाट बच्न प्रदेश २ लाई आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । साविक विजेता पुलिसलाई सेमिफाइनलमा पुग्न जित निकाल्नै पर्ने दबाब छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]