4 years ago
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदै छन् ।
टियुमा समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने छन् । मुलपानीमा समूह ‘बी’ का नेपाल पुलिस क्लब र प्रदेश दुई भिड्ने छन् । दुवै खेल महत्वपूर्ण छन् । यी दुई खेलको नतिजाले सेमिफाइनल समिकरण पूरा हुने छ ।
आर्मी र एपिएफबीचको नतिजाले समूह ‘ए’ को विजेता निर्धारण गर्ने छ । दुबै टोली सुरुवाती तीन खेलमा अपराजित छन् । एपिएफमा ओपनर आशिफ शेखले खेलेका दुवै खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।
सन्दीप जोराले पछिल्लो खेलमा कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेका थिए । कप्तान शरद भेषावकर र सुबास खकुरेललाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । स्पिनर वसन्त रेग्मी र भुवन कार्की आर्मीलाई घातक बन्न सक्छन् । अभिनाश बोहरा र कमलसिंह ऐरी तीव्र गतिका हतियार हुन् ।
यता आर्मीका कप्तान विनोद भण्डारी प्रमुख हतियार हुन् । गण्डकीविरुद्ध शतक प्रहार गरेका विनोद राम्रो लयमा छन् । रोहित कुमार पौडेल, भिम सार्की, राजु रिजाल र अनिल मन्डलको ब्याटिङले धेरै प्रभाव पार्ने छ ।
स्पिनर साहब आलम र सुशन भारी टोलीका हतियार हुन् । विक्रम शोब, जितेन्द्र मुखिया र आकाश चन्द तीव्र गतिका बलिङ जोडीको रुपमा छन् । सोमपाल कामी, करण केसी र कुशल मल्ल नहुँदा आर्मी केहि कमजोर देखिएको छ ।
अर्को खेलमा पुुलिसलाई सेमिफाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । समूह ‘बी’ बाट विजेताको रुपमा बागमती सेमिफाइनलमा पुगि सकेको छ । पुलिस पराजित भएको खण्डमा भने लुम्बिनी सेमिफाइनलमा पुग्ने छ ।
पछिल्लो खेलमा लुम्बिनीविरुद्ध शतक प्रहार गरेका सुनिल धमला, १३ बलमै अर्धशतक प्रहार गरेका पवन सरार्फ र आक्रामक अर्धशतक बनाएका दीपेन्द्र सिंह ऐरी ब्याटिङ हतियार हुन् । अनिलकुमार शाह र कुशल भुर्तेललाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । सागर ढकाल र ललितनारायण राजवंशी स्पिन हतियार हुन् ।
यता प्रदेश २ का युवा ब्याट्सम्यान विवेक यादव राम्रो लयमा छन् । उनी पुलिसलाई घातक बन्न सक्छन् । स्पिनर कुमार थपा र हरिशंकर शाह प्रदेश २ का हतियार हुन् । प्रदेश २ जित बिहिन छ । अन्तिम खेलमा पुलिसमाथि अप्रत्यासित जित निकाल्दै अन्त्य गर्न चाहान्छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]