4 years ago
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली तथा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध भएको बराबरीले लामो समयसम्म फाइदा पुग्ने बताएका छन् ।
आइतबार मुलपानी क्रिकेट मैदानमा जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४८ ओभरमा २ सय २० रनमा अल आउट भएको थियो । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । योसँगै बागमीत समूह बी बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।
खेलपछि बोल्दै कप्तान ज्ञानेन्द्रले आजको खेल ड्र पनि जित जस्तै लागि रहेको बताएका छन् । ‘एकदम रमाईलो भयो । अंक पनि आयो र छनोट पनि भयौं । एक समय छनोट हुने जस्तो पनि देखिएको थिएन । समग्रमा खेल राम्रो भयो । यस्तो खेलले आगमी दिनमा युवा खेलाडीलाई प्रेरणा मिल्नेछ’, ज्ञानेन्द्रले खेलपछि भने ।
‘विकेट गाह्रो छ । सुरुमा हाम्रो बलिङमा अनुशासन भएन जस्तो लागिरहेको थियो । बाउन्ड्री आउन भएन सिंगल विकल्प गाह्रो छ । एउटा विकेट आयो भने पूनरागमन गर्न सक्छौं हैं भन्ने सोचमा थियौं । दबाब दियौं भने जित्छौं जस्तो लागेको थियो । ड्र पनि जितनै हो जस्तो लागिरहेको छ छ’, ज्ञानेन्द्रले भने ।
त्यसैमा थपे, ‘हामीले सुरुवात पाईसकेपछि राम्रो गर्न सकेनौं । अझ ३० रन बढी बनाउन सक्थ्यौं होला । म आफैंले अलि लामो इनिङ खेलेको रन बढी बन्न सक्थ्यो ।’
ज्ञानेन्द्रले सेमिफाइनल अघि आफ्नो काम गर्नुपर्ने बताएका छन् । ‘हामीले अनुशासित नभएर अलि अन्त्य सम्म गए जस्तो लाग्छ । अनुशासित प्रदर्शन गरेको खेलमा हामी हावी भएका छौं । ब्याटिङमा पनि अरु भन्दा भिन्न छौं जस्तो लाग्छ,’ उनले भने ।
‘बाँया हाते खेलाडी हुँदा हामीलाई फाइदा पनि छ । विकेट नआएर निराश भएको होईन । क्रिकेटमा अनुशासन हुन्छ । किन भएन भन्ने हो । उनीहरुको बलिङमा अनुसाशन थियो । उनीहरुको अनुशान थियो । टिम लिएर जादा अगाडि बढ्न जरुरी हुन्छ । क्षमता भएको खेलाडीलाई उर्जा मिल्छ,’ उनले टुंग्याए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]