4 years ago
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका कप्तान कृष्ण कार्कीले प्रधानमन्त्री कप क्रिकेटमा बागमतीविरुद्ध आफूलेनै खेल सकाउनु पर्ने बताएका छन् ।
बागमतीसँग रोमान्चक बराबरीपछि बोल्दै कृष्णले आफूलेनै खेल सकाएर आउनुपर्नेमा गल्ती हुन पुगेको बताएका छन् । जितको लागि पाँच रन चाहिँएको अवस्थामा कृष्ण कार्कीले ईशान पान्डेलाई ठूलो सट खेल्नेधुनमा रामनरेश गिरीबाट समातिन पुगेका थिए । जितको लागि २ सय २१ रन पछ्याएको लुम्बिनी ४८ ओभरमा २ सय २० रनमा अल आउट हुन पुगेको थियो ।
खेलपछि बोल्दै लुम्बिनीका कप्तान कृष्णले लक्ष्य पछ्याउँदा अन्तिममा चुकेको बताएका छन् । ‘त्यतिबेला मैले आफूलाई नियन्त्रण गर्नुपर्ने थियो । मैले नै खेल सकाउनु पर्ने थियो । मेरो नै गल्ती हो जस्तो लाग्छ’, कृष्णले खेलपछि भने ।
‘खेल ४० सम्म मै सक्ने थियो । तर बीचमा विकेट गयो । अनि एउटा निश्चित योजना बनाएर लागी रहेका थियौं, उनले भने । हाम्रो लुम्बिनीबाट युवा प्रतिभा आएको छ । युवा खेलाडीको प्रर्दशन देख्दा सफलता जस्तो लाग्छ । हामी यो खेल जितेर अघि बढ्ने टोली हौं’, उनले भने ।
यता सौरभ खनालले लक्ष्य पनि सोचे अनुसार नै रहेको बताउँछन् । ‘लक्ष्य हामीले सोचे अनुसार नै थियो । सुरुवात राम्रो थियो, मध्यक्रममा मैले र प्रकाशले साझेदारी पनि गरेका थियौं । एउटा दुई गलत निर्णयको कारण जितसम्म पुग्न सकेनौं’, सौरभले भने ।
सौरभ आक्रामक ब्याटिङको लागि चिनिन्छन् । तर सौरभ आइतबार एकदिवसिय शैलीमा ब्याटिङ गरेका थिए । ‘खेलको अवस्था अनुसार परिवर्तन गर्नुपर्छ । खेलमा परिस्थिती अनुसार परिवर्तन गर्नैपर्छ । स्कोर टाढा थियो । ओभर र रनरेटको कुनै चिन्ता थिएन । ओपनरबाट राम्रो सुरुवात पाएका थियौं । खेललाई अन्तिम सम्म लगेर गयौं भने जितिन्छ भन्ने थियो’, सौरभले भने ।
५० ओभरको लागि आफू मानसिक रुपमा तयार भएर आएको सौरभ बताउँछन् । उनले आफ्नो शैली परिवर्तन गरेर खेलको मागअनुसार प्रदर्शन गर्नुको पछाडी लामो तयारीलाई पनि श्रेय दिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]