4 years ago
January 24, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनको सहयोगमा होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ५२ औं खेलमा सिड्नी सिक्सर्सलाई ७ रनले हराएको छ ।
जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । सिड्नीका जोर्डन सिल्कले ४९ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । मोइजेस हेनरिक्स ४३ र जोश फिलिपे १२ रनमा आउट भए ।
सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सन्दीपले २४ मध्य १० बल डट राखेका थिए । नाथन इल्सले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । स्कट बोल्यान्डले २ र राइली मेरीडिथले १ विकेट लिए ।
त्यसअघ मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । होबार्टका ओपनर तथा कप्तान म्याथ्यु वेडले ४४ बलमा १० चौका र ३ छक्का सहित ८६ रनको योगदान दिए । डार्सी सर्टले ५२ बलमा ७ चौका र ३ छक्का सहित ७२ रनको योगदान दिए ।
पहिलो विकेटका लागि म्याथ्यु र डार्सी सर्टले १४.३ ओभरमा १ सय ४५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई बाहेक अन्य दुई ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।
यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीपले छैटौं ओभरमा ७ रन खर्चिएका थिए । पहिलो बलमा हेनरिक्सलाई एक रन दिएका सन्दीपले त्यसपछि सिल्कलाई लगातार दुई बल डट राखेका थिए । चौथो र पाँचौ बलमा सन्दीपले एक एक रन खर्चिए । अन्तिम बलमा सन्दीपलाई सिल्कले डीप एक्स्ट्रा कभरमा चौका प्रहार गरेका थिए ।
आठौं ओभरमा सन्दीपले ६ रन खर्चिए । सिल्कले पहिलो बलमा चौका र दोस्रो बलमा एक रन बटुलेका थिए । त्यसपछिका तीन बल सन्दीपले डट राखे । पाँचौं बलमा हेनरिक्सलाई एक रन खर्चिदा अन्तिम बल डट राखेका थिए ।
१२ औं ओभरमा सन्दीपले दुई महत्वपूर्ण विकेट लिँदै ८ रन खर्चेका थिए । पहिलो बलमा सिल्कले सन्दीपलाई चौका प्रहार गरेका थिए । दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन खर्चिए । चौथो बलमा हेनरिक्सलाई नाथन इल्सबाट क्याच आउट गराएका थिए । पाँचौं बलमा डानियल क्रिश्चियनलाई पहिलो बलमै बोल्ड आउट गर्दै पेभिलिएन फर्काएका थिए । अन्तिम बलमा कार्लोस ब्रेथवेटलाई एक रन दिए ।
१४ औं ओभरमा सन्दीपले तीन रन दिँदै आफ्नो स्पेल सकाएका थिए । पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा ब्रेथवेटलाई एक रन दिए । तेस्रो र चौथो बल डट राखे । पाँचौं र छैटौं बलमा एक एक रन खर्चिए ।
होबार्ट मंगलबार मेलबर्न रेनेगड्ससँग खेल्ने छ । होबार्ट १३ खेलमा ७ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]