4 years ago
January 24, 2021
मुलपानी (हाम्रो खेलकुद) – चोथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को खेलमा लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।
जितका लागि एक रन चाहिएको अवस्थामा दीपेन्द्र रावत नन्दन यादवको थ्रो बलमा विकेटकिपर आकाश थापाले रन आउट गरेपछि खेल बराबरीमा सकिएको हो । जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४८ ओभरमा २ सय २० रनमा अल आउट भयो । योसँगै बागमती समूह बी को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।
लुम्बिनीलाई सेमिफाइनलमा पुग्न यस खेल ४०.३ ओभरमा जित्नुपर्ने थियो । उक्त ओभरमा जित्न नसकेपछि लुम्बिनीले सोमबार पुलिस र प्रदेश दुईबीचको खेल पर्खनु पर्ने भएको हो । लुम्बिनीका कप्तान कृष्ण कार्की ४४ बलमा ३ चौका र २ छक्का सहित ४१ रनमा क्याच आउट भए ।
ओपनर देभ खनाल र सन्दीप सुनारले ६.२ ओभरमा ६० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अफस्पिनर विपिन आचार्यले देभलाई २६ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । देभ खनालले १६ बलमा ५ चौका प्रहार गरे । चार बलपछि अर्का ओपनर सन्दीप ठूलो सट खेल्ने धुनमा रामनरेश गिरीबाट २५ रनमा समातिन पुगे । सन्दीपले २४ बलमा २ छक्का प्रहार गरे । सन्दीप रजाली १६ बलमा १ छक्का सहित ११ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि सौरभ खनाल र प्रकाश केसीले ७३ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । विपिनको बलमा ठूलो सट खेल्ने धुनमा सौरभ रामनरेशबाट ३४ रनमा क्याच आउट भए । सौरभले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
३६ औं ओभरको तेस्रो बलमा रामनरेश गिरीले प्रकाश केसीलाई ४१ रनमा एलबिडब्लू आउट गरे । प्रकाशले ७२ बलमा ५ चौका प्रहार गरे । प्रनित थापा मगर ९ र विक्रम भुषाल एक रनमा आउट भए । विपिन आचार्यले ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । गौतम केसीले १० ओभरमा १ मेडन सहित ५२ रन खर्चेर २ विकेट लिए । रामनरेश गिरी, ईशान पान्डे र तिलकराज भण्डारीले १–१ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । बागमतीका बाँया हाते ओपनर ब्याट्सम्यान आदिल खानले ८७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । ईशान पान्डे ५३ बलमा ४ चौका र २ छक्का सहित ५१ रनमा क्याच आउट भए ।
आदिलले ७६ बलमा अर्धशतक पूरा गरेका थिए । सन्दीप सुनारलाई २९ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै आदिलले अर्धशतक पूरा गरेका थिए । त्यसअघि भने आदिलले दुई ठूला जीवनदान पाउन पुगेका थिए ।
स्क्वायर लेगमा प्रनित थापा मगरले ब्यक्तिगत २४ रनमा क्याच ड्रप गर्दै पहिलो जीवनदान दिएका थिए । त्यस्तै ४५ रनमा सौरभले लङअङमा क्याच छोड्न पुगेका थिए । ईशानले ४९ औं ओभरको अन्तिम बलमा विक्रम भुषाललाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । ईशानले ५० बलमा अर्धशतक पूरा गरेका थिए ।
बागमतीलाई ओपनर आकाश थापा र आदिल खानले पहिलो विकेटका लागि १९।१ ओभरमा ६३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर दीपेन्द्र रावतले आकाशलाई ३९ रनमा एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडेका थिए । आकाशले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तेस्रो बलमा रावतले विभत्सु थापालाई शून्यमा बोल्ड आउट गर्दै एकै ओभरमा दुई महत्वपूर्ण सफलता दिलाएका थिए ।
तेस्रो विकेटका लागि आदिल र पृथुले ६५ रनको साझेदारी गरेका थिए । स्पिनर अनिल खरेलको ३२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका आदिल जितेन्द्र शाहनीबाट क्याच आउट हुन पुगेका थिए ।
विक्रम भुषालको ३३ औं ओभरको चौथो बलमा पृथु एज लागेर विकेटकिपर प्रकाश केसीबाट २९ रनमा समातिन पुगे । पृथुले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ललाई सन्दीप सुनारले १४ रनमा एलबिडब्लू आउट गरेका थिए ।
गौतम केसी ८ रनमा आउट भए । नन्दन यादव ११ रनमा अविजित रहे । सन्दीप सुनारले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र रावतले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । कप्तान कृष्ण कार्कीले २ विकेट लिए । विक्रम भुषाल र अनिल खरेलले १–१ विकेट लिए ।
बागमती ४ खेलमा ३ मा जित र एकमा बराबरीका ७ अंकका शीर्ष स्थानमा रहँदै समूह बी बाट सेमिफाइनलमा पुगेको छ । लुम्बिनी ४ खेलमा २ मा जित, १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । पुलिस ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । प्रदेश २ र सुदूरपश्चिम भने समूह चरणबाट बाहिरि सकेका छन् ।
सोमबार पुलिस प्रदेश २ सँग पराजित भएको खण्डमा लुम्बिनी सेमिफाइनलमा पुग्ने छ । पुलिस विजयी भएमा लुम्बिनी बाहिरिने छ । समूह ए बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सेमिफाइनलमा पुगि सकेका छन् । गण्डकी, प्रदेश एक र कर्णाली समूह ए बाट बाहिरिएका थिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]