default_image

4 years ago

January 24, 2021

ईशान र आदिलको अर्धशतकमा लुम्बिनीलाई चुनौतीपूर्ण लक्ष्य

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई २ सय २१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनायो । बागमतीका बाँया हाते ओपनर ब्याट्सम्यान आदिल खानले ८७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । ईशान पान्डे ५३ बलमा ४ चौका र २ छक्का सहित ५१ रनमा क्याच आउट भए ।

आदिलले ७६ बलमा अर्धशतक पूरा गरेका थिए । सन्दीप सुनारलाई २९ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै आदिलले अर्धशतक पूरा गरेका थिए । त्यसअघि भने आदिलले दुई ठूला जीवनदान पाउन पुगेका थिए ।

स्क्वायर लेगमा प्रनित थापा मगरले ब्यक्तिगत २४ रनमा क्याच ड्रप गर्दै पहिलो जीवनदान दिएका थिए । त्यस्तै ४५ रनमा सौरभले लङअङमा क्याच छोड्न पुगेका थिए । ईशानले ४९ औं ओभरको अन्तिम बलमा विक्रम भुषाललाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । ईशानले ५० बलमा अर्धशतक पूरा गरेका थिए ।

बागमतीलाई ओपनर आकाश थापा र आदिल खानले पहिलो विकेटका लागि १९.१ ओभरमा ६३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर दीपेन्द्र रावतले आकाशलाई ३९ रनमा एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडेका थिए । आकाशले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तेस्रो बलमा रावतले विभत्सु थापालाई शून्यमा बोल्ड आउट गर्दै एकै ओभरमा दुई महत्वपूर्ण सफलता दिलाएका थिए ।

तेस्रो विकेटका लागि आदिल र पृथुले ६५ रनको साझेदारी गरेका थिए । स्पिनर अनिल खरेलको ३२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका आदिल जितेन्द्र शाहनीबाट क्याच आउट हुन पुगेका थिए ।

विक्रम भुषालको ३३ औं ओभरको चौथो बलमा पृथु एज लागेर विकेटकिपर प्रकाश केसीबाट २९ रनमा समातिन पुगे । पृथुले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ललाई सन्दीप सुनारले १४ रनमा एलबिडब्लू आउट गरेका थिए ।

गौतम केसी ८ रनमा आउट भए । नन्दन यादव ११ रनमा अविजित रहे । सन्दीप सुनारले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र रावतले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । कप्तान कृष्ण कार्कीले २ विकेट लिए । विक्रम भुषाल र अनिल खरेलले १–१ विकेट लिए ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.