default_image

4 years ago

January 23, 2021

कर्णालीलाई एपिएफको मध्यम लक्ष्य

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय १९ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो । एपिएफका युवा ब्याट्सम्यान सन्दीप जोराले ७६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । जोराले ६५ बलमा अर्धशतक पूरा गरेका थिए । ३८ औं ओभरको चौथो बलमा दीनेश अधिकारीलाई चौैका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

एपिएफका ओपनर रित गौतमलाई पहिलो ओभरको तेस्रो बलमै अनुज चुनराले युनिस सिंहबाट शून्यमा क्याच आउट गराएका थिए । चुनराले नवौं ओभरको दोस्रो बलमा चुनरालेनै शरद भेषावकरलाई हिमान्शु शाहीबाट ८ रनमा क्याच गराए । राज शाहले १४ औं ओभरको चौथो बलमा सुबास खकुरेललाई २३ रनमा एलबिडब्लू आउट गर्दै कर्णालीले राम्रो सुरुवात गरेको थियो । सुबासले ४० बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

स्पिनर दिवान पुनले १७ औं ओभरको पहिलो बलमै कप्तान रविन्द्रजंग शाहीबाट शंकर रानालाई १५ रनमा क्याच आउट गराएपछि एपिएफ दबाबमा परेको थियो । शंकरले २८ बलमा १ चौका प्रहार गरे । लगत्तै सुमित महर्जन १० रनमा क्याच आउट हुँदा एपिएफ १७.२ ओभरमा ६७–५ को अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि सन्दीप जोरा र अमरसिंह राउटेलाले ७८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । दिवानले ३५ औं ओभरको पाँचौं बलमा अमरलाई रविन्द्रबाट ३१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । अमरले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रमका वसन्त रेग्मी १४ र कमलसिंह ऐरी ९ रनमा आउट भए । भुवन कार्की १५ र किशोर महतोले १३ रनको योगदान दिए ।

कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ९ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । अनुज चुनराले ६.५ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । राज शाह र दिवान पुनले २-२ विकेट लिए ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.