4 years ago
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको छ । यो जितसँगै लुम्बिनीले समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनमा स्थान बनाउने सम्भावना कायमै राखेको छ ।
सुदूरपश्चिम लगातार तेस्रो हारसँगै समूह बी बाट बाहिरिने पहिलो टोली बनेको छ । जितको लागि ६३ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका सौरभ खनाल २३ बलमा ३ चौका सहित १८ रनमा अविजित रहे । प्रकाश केसी २६ बलमा ३ चौका सहित १७ रनमा अविजित रहे । कृष्ण कार्की १५, देभ खनाल ९, सन्दीप सुनार १ र सन्दीप रजाली गोल्डेन डग आउट भए । सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले एक विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमा अल आउट हुन पुगेको थियो । लुम्बिनीको घातक बलिङ सामु सुदूरपश्चिमका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । ४ खेलाडीले खातानै खोल्न सकेनन् ।
सुदूरपश्चिमका नारायण जोशीले २२ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १७ रनको योगदान दिए । कप्तान सन्तोष भट्टले ४२ बलमा १ चौका सहित ११ रन बनाए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कृष्णले सुरुवात देखिनै सुदूरपश्चिमलाई धरासयी बनाएका थिए । त्यसपछि स्पिनर विक्रम भुषाल र अनिल खरेलले उत्कृष्ट सुरुवातलाई निरन्तरता दिँदै सस्तैमा अल आउट गर्न सफल भएका हुन् । सन्दीप सुनारले दोस्रो ओभरको तेस्रो बलमा ओपनर खडक बहादुर बोहरालाई विकेटकिपर प्रकाश केसीबाट ७ रनमा स्टम्पिङ आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।
सातौं ओभरको दोस्रो बलमा कृष्णले अर्जुन साउदलाई ४ रनमा देभ खनालबाट क्याच आउट गराएका थिए । सन्जु दमाईलाई अनिल खरेलले ८ रनमा एलबिडब्लू आउट गरे । अरुण ऐरीलाई कृष्णले विक्रम भुषालबाट ७ रनमा क्याच आउट गराए ।
कृष्णले सुरज तिरुवालाई शून्यमा प्रकाशबाट क्याच गराउँदा सुदूरपश्चिम संकटमा परेको थियो । त्यसपछिका ब्याट्सम्यान पनि क्रिजमा टिक्न सकेनन् । किरण ठगुन्ना ५ शेर मल्ल र बिनोद लामा शून्यमा आउट भए ।
तीव्र गतिका बलर कृष्ण कार्कीले १० ओभरमा ३ मेडन सहित १७ रन खर्चेर ४ विकेट लिए । विक्रम भुषालले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । अर्का युवा स्पिनर अनिल खरेलले ७ ओभरमा ३ मेडन सहित ६ रन खर्चेर २ विकेट लिए । सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा १–१ विकेट रह्यो ।
समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्न बागमती प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच कडा प्रतिस्पर्धा हुने भएको छ । बागमती ३ खेलमा ३ मा जित सहित शीर्ष स्थानमा छ । लुम्बिनी ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । पुलिस ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ तेस्रो स्थानमा छ ।
लुम्बिनीले अन्तिम खेलमा माघ ११ मा बागमतीलाई फराकिलो अन्तरले हराएको खण्डमा नेट रनरेटको आधारमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्न सक्छ । पुलिस माघ १२ मा प्रदेश २ सँग पराजित भएमा र लुम्बिनीले बागमतीलाई हराएमा भने सोझैं सेमिफाइनलमा पुग्ने छ ।
लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई ७७ रनले हराएको थियो । दोस्रो खेलमा पुलिसँग ७४ रनले पराजित हुन पुगेको थियो ।
यता सुदुरपश्चिम भने लगातार तेस्रो हारसँगै समूह बी बाट बाहिरिएको छ । सुदूरपश्चिम पहिलो खेलमा बागमतीसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा पुलिससँग ९ विकेटले पराजित भएको थियो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]