default_image

4 years ago

January 23, 2021

सुदूरपश्चिम ६२ रनमा अलआउट!

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम लुम्बिनीविरुद्ध ६२ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमा अल आउट हुन पुगेको छ । लुम्बिनीको घातक बलिङ सामु सुदूरपश्चिमका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ४ खेलाडीले खातानै खोल्न सकेनन् ।

सुदूरपश्चिमका नारायण जोशीले २२ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १७ रनको योगदान दिए । कप्तान सन्तोष भट्टले ४२ बलमा १ चौका सहित ११ रन बनाए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कृष्णले सुरुवात देखिनै सुदूरपश्चिमलाई धरासयी बनाएका थिए । त्यसपछि स्पिनर विक्रम भुषाल र अनिल खरेलले उत्कृष्ट सुरुवातलाई निरन्तरता दिँदै सस्तैमा अल आउट गर्न सफल भएका हुन् । सन्दीप सुनारले दोस्रो ओभरको तेस्रो बलमा ओपनर खडक बहादुर बोहरालाई विकेटकिपर प्रकाश केसीबाट ७ रनमा स्टम्पिङ आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

सातौं ओभरको दोस्रो बलमा कृष्णले अर्जुन साउदलाई ४ रनमा देभ खनालबाट क्याच आउट गराएका थिए । सन्जु दमाईलाई अनिल खरेलले ८ रनमा एलबिडब्लू आउट गरे । अरुण ऐरीलाई कृष्णले विक्रम भुषालबाट ७ रनमा क्याच आउट गराए ।

कृष्णले सुरज तिरुवालाई शून्यमा प्रकाशबाट क्याच गराउँदा सुदूरपश्चिम संकटमा परेको थियो । त्यसपछिका ब्याट्सम्यान पनि क्रिजमा टिक्न सकेनन् । किरण ठगुन्ना ५ शेर मल्ल र बिनोद लामा शून्यमा आउट भए ।

तीव्र गतिका बलर कृष्ण कार्कीले १० ओभरमा ३ मेडन सहित १७ रन खर्चेर ४ विकेट लिए । विक्रम भुषालले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । अर्का युवा स्पिनर अनिल खरेलले ७ ओभरमा ३ मेडन सहित ६ रन खर्चेर २ विकेट लिए । सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा १–१ विकेट रह्यो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.