4 years ago
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दक्षिण अफ्रिकी प्रशिक्षक पउल फरेरा अभ्यासको क्रममा घाइते हुन पुगेका छन् ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीको लागि प्रशिक्षक समालि रहेका फरेरा बिहिबार नेपाल क्रिकेट स्कुल (एनसिएस) रातोपुलमा अभ्यासको क्रममा घाइते हुँदा उनको बाँया हातको काइली औंला (रिङ फिङ्गर) मा चोट लागेको थियो । त्यसैले फरेरा शुक्रबार कर्णालीले प्रदेश १ विरुद्ध टियु क्रिकेट मैदानमा खेल खेल्नेक्रममा थिएनन् ।
कर्णाली प्रदेश १ सँग ५९ रनले पराजित हुन पुग्यो । फरेरा दक्षिण अफ्रिका बी डिभिजन खेलेका खेलाडी हुन् । फरेरा बिहिबार देखिनै नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा रहँदै आएका छन् । कर्णालीका कप्तान रविन्द्रंग शाहीका अनुसार उनको आइतबार औंलाको शल्यक्रिया (सर्जरी) हुनेछ ।
फरेराको प्रभाव कर्णालीका टोलीमा देखिन्छ । कर्णालीले यस प्रतियोगितामा प्रतिस्पर्धात्मक प्रर्दशन गर्दै प्रधानमन्त्री कपमा ऐतिहासिक पहिलो जित निकाल्दा उनको प्रभाव थियो । कर्णालीले गण्डकीलाई ५ विकेटले हराउँदै प्रधानमन्त्री कप इतिहासमा पहिलो जित निकालेको थियो । यस अघिका संस्करणमा भन्दा यस पटक कर्णालीका खेलाडी अब्बल देखिएका छन् । कर्णाली टोलीमा परिवर्तन देखिनुमा परेराको प्रभाव र भूमिका प्रमुख भएको रविन्द्र बताउँछन् ।
फरेरा दैलेखमा विगत तीन वर्षदेखि कफि खेति गर्दै आएका छन् । दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा रविन्द्र शाही उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । त्यसपछि फरेराले उनलाई सिकाउँदै आएका थिए । उनले कर्णालीलाई क्रिकेट विकासकै लागि निशुल्क प्रशिक्षण दिइरहेका छन् ।
कर्णालीले आफ्नो अन्तिम खेल शनिबार टियु मैदानमा सशस्त्र प्रहरी बल एपिएफसँग खेल्ने छ । सेमिफाइनलको झिनो सम्भावना कायम रहेको कर्णालीले एपिएफमाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ । उता एपिएफ अर्को खेलमा त्रिभुवन आर्मी क्लबसँग पनि फराकिलो हार बेहोरेको खण्डमा कर्णाली सबैलाई आश्चर्य पार्दै नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्न सक्ने अंकगणीतिय सम्भावना छ । सुरुवाती तीनै खेलमा जित निकालेको आर्मी सेमिफाइनलमा पुगि सकेको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]