default_image

4 years ago

January 22, 2021

‘सोचेजस्तो प्रदर्शन हुन सकेन’- सिद्धान्त

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलि सकेका आक्रामक ब्याट्सम्यान तथा प्रदेश एक का कप्तान सिद्धान्त लोहनीले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आफ्नो प्रर्दशन देखि आफैं खुसी नभएको बताएका छन् ।

समूह ए मा रहेको प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित शुक्रबार बाहिरियो । अन्तिम खेलमा कर्णालीलाई ५९ रनले हराउँदै प्रदेश एक जित बिहिन हुनबाट बचेको थियो । कप्तान सिद्धान्त लोहनीले प्रतियोगिता सोचे जस्तो नभएको बताएका छन् ।

‘मेरो कप्तानीको यो पहिलो प्रतियोगिता थियो । सोचे जस्तो र त्यति राम्रो रहेन । टोली युवा खेलाडीले भोरिएको थियो । अनुभवको पनि कमी थियो । सबै ठाउँमा सानो सानो गल्ती गरेका थियौं । आगमी दिनमा ति गल्तीलाई सक्दो कम गर्नुपर्यो’, सिद्धान्तले भने ।

त्यसैमा उनले थपे, ‘टोलीमा अनुभव नभएपनि सबै क्षमता भएको खेलाडी थिए । यो स्तरमा खेलेका खेलाडीको कमी थियो । आगमी दिनमा जति धेरै खेल खेल्दै जान्छन् । त्यति धेरै सुधार र सिक्दै जाने छन् । सबै प्रर्दशन गरेर आएका छन् । अर्कोवर्ष राम्रो प्रर्दशन गर्ने छौं ।’

‘टोलीमा सबै भन्दा सिनियर म थिए । खेलाडीलाई कुनैपनि दबाब दिएन । सबै खेलाडी राम्रो छ । खेल अनुभवको कमी मात्र हो । कप्तानको रुपमा भन्दा हाम्रो लागि त्यति राम्रो रहेन । अर्को वर्ष यो भन्दा राम्रो गर्ने छौं । युवा खेलाडीको प्रर्दशन हाम्रो सकरात्मक उर्जा हो’, सिद्धान्तले भने ।

‘प्रतियोगितामा कम्तिमा एउटा शतक हान्छु भनेर आएको थिए त्यो पूरा भएन । अलिकति मैले सोचे जस्तो भएन । अघिका खेलमा रन पनि लागेन । आफैंदेखि अलि खुसी पनि छैन । आगमी दिनमा राम्रो गर्ने प्रयास गर्छु’, सिद्धान्तले भने ।

पछिल्लो समय घरेलु क्रिकेटमा पनि सिद्धान्तको प्रर्दशन कमजोर छ । राष्ट्रिय टोलीमा पूनरागमनको लागि संघर्षरथ छन् । ‘बीचमा चोट पनि भयो । भर्खर भर्खर पूनरागमन गर्दै छु । माथिल्लो स्तरको अभ्यास भएको छैन । आगमी दिनमा राम्रो गरेर पूनरागमन गर्न प्रयास गर्ने छु’, उनले भने ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.