4 years ago
January 22, 2021
एजेन्सी – वेस्टइन्डिजसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली बंगलादेशले ७ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज बंगलादेशले एक खेल अगावै २–० ले जितेको छ ।
जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन पूरा गर्यो । बंगलादेशका कप्तान तमिम इकबालले ७६ बलमा ३ चौका र १ छक्का सहित ५० रनको योगदान दिए ।
सकीब अल हसन ५० बलमा ४ चौका सहित ४३ रनमा अविजित रहे । लिटन दास २२ र नज्मुल हसन सान्टो १७ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसेन, जेसन मोहम्मद र रेमन राइफरले १–१ विकेट लिए ।
त्यसअघि ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिज ४३.४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका रोभमन पवेलले ६५ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए ।
क्याजोर्न ओट्टलीले ४४ बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए । अल्जारी जोशेफ १७, अलिक होसेन १२, नक्रमह बोनर २० र जेसन मोहम्मद ११ रनमा आउट भए ।
बंगलादेशका स्पिनर मेहेदी हसनले ९.४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । मेहेदीनै खेलको म्यान अफ द म्याच चुनिए । सकीब अल हसन र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए । पहिलो खेलमा बंगलादेश ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम ओडिआई खेल सोमबार हुने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]