4 years ago
January 22, 2021
एजेन्सी – अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजको अविजित शतकको सहयोगमा इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले राम्रो सुरुवात गरेको छ ।
पहिलो दिनको समाप्तिमा गालेमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ८७ ओभरमा २२९–४ को अवस्थामा छ । म्याथ्युज २ सय २८ बलमा ११ चौका सहित १ सय ७ रनमा अविजित छन् । निरोसन डिक्वेला १९ रनमा अविजित छन् ।
कप्तान दिनेश चान्डिमल १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ५२ रनमा मार्कवुडको एलबिडब्लु धरापमा परे । चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले १ सय १७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए ।
तीव्र गतिका बलर जेम्श एन्डरसनले पाँचौं ओभरको पहिलो बलमा ओपनर कुशल परेरालाई ६ रनमा कप्तान जो रुटबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । ओशादो फर्नान्डोलाई एन्डरसनले शून्यमै बोल्ड आउट गरे ।
लाहिरु थिरिमानेलाई एन्डरसनले जस बटलरबाट ४३ रनमा क्याच गराउँदै शीर्षक्रम धरासय बनाएका थिए । थिरिमानेले ९५ बलमा ५ चौका प्रहार गरे । इंग्ल्यान्डका जेम्स एन्डरसनले ३ र मार्कवुडले १ विकेट लिएका छन् ।
पहिलो टेष्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी हुँदै दुई टेष्ट सिरिजमा १–० को अग्रता लिएको थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]