default_image

4 years ago

January 22, 2021

सिद्धान्तको अर्धशतकमा कर्णालीलाई मध्यम लक्ष्य

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सिद्धान्त लोहनीको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णालीलाई २ सय १६ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन बनायो । प्रदेश एकका कप्तान सिद्धान्त लोहनीले ९७ बलमा ९ चौका सहित सर्वाधिक ६६ रनको योगदान दिए ।

सिद्धान्तलाई दीनेश अधिकारीको ४३ औं ओभरको दोस्रो बलमा कर्णालीका कप्तान रविन्द्र जंग शाहीले उत्कृष्ट क्याच लिँदै पेभेलिएन फर्काएका थिए । तल्लोक्रममा शुवन्कर उराउले २८ बलमा ३ चौका र २ छक्का सहित ३६ रनको योगदान दिए ।

मिनाश थापाले २३ बलमा ३ चौका सहित २५, श्रवण यादव १७, दीपक पासवान ५ र फिर्दोस अन्सारी १७ रनमा आउट भए । राजन मगरले १९ बलमा १ चौका सहित १० रन जोडे ।

कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ८ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ३ विकेट लिए । दीनेश अधिकारी र अनुज चुनराले २–२ विकेट लिए । दिवान पुन र राज शाहको नाममा १–१ विकेट रह्यो ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.