4 years ago
January 22, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् ।
सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुरुवात छक्का खर्चिदै गरेपनि त्यसपछि उत्कृष्ट प्रर्दशन गर्दै अन्त्य राम्रो गरेका छन् । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । तर पहिलो बलमै लियाम लिभिङस्टोनले छक्का प्रहार गर्दै सन्दीपको सुरुवात गरेका थिए । पहिलो बलमा छक्का खर्चिए पनि दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिदै पूनरागमन गरेका थिए ।
चौथो बलमा ठूलो सट खेलेका लिभिङस्टोन डीप स्क्विायर लेगमा डेविड मलानबाट २६ रनमा क्याच गराउँदै पछिल्ला दुई खेलमा बनेको विकेटविहिन खडेरी तोडे । पाँचौं बलमा मिचेल मार्श र छैटौं बलमा जोश इंगलिसलाई एक एक रन दिए ।
जोश र मिचेलले सन्दीपको आठौं ओभरको सुरुवाती तीन बलमा एक एक रन बटुलेका थिए । चौथो बल मार्शलाई डट राखे । पाँचौं बलमा सन्दीपले मार्शलाई ७ रनमा एलबिडब्लू आउट गरे । सन्दीपको गुगली बलमा मार्श एलबिडब्लूको धरापमा परेका थिए । अन्तिम बलमा एस्टन टर्नरले २ रन दिँदै आफ्नो दोस्रो ओभर सकेका थिए ।
११ औं ओभरको पहिलो बलमा जोश इंगलिसले दुई रन लिए । दोस्रो बलमा एक रन लिँदै स्ट्राइक टर्नरलाई दिए । अन्य तीन बलमा पनि सन्दीपले १–१ रन खर्चिए । १३ औं ओभरमा सन्दीपले टर्नरलाई सुरुवाती दुई बल डट राखेका थिए । तेस्रो बलमा कभरमा टर्नरले चौका प्रहार गरेका थिए । चौथो बल डट राख्दा पाँचौं र अन्तिम बलमा बलमा १–१ रन खर्चिदै अन्त्य गरे ।
मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरि रहेको पर्थले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]