4 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक कलिला समर्थकलाई ब्याट उपहार दिएका छन् ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता हेर्न टियु मैदानमा दैनिक आउने बालक सुभम रिजाल नाम गरेका समर्थकलाई ज्ञानेन्द्रले आफूले अभ्यास गर्ने ब्याटनै उपहार दिएका छन् । सुभम उमेरले भर्खरका भएपनि नेपाली क्रिकेटका धेरै खेलाडीलाई चिनेका छन् ।
ज्ञानेन्द्रको बिहिबार उनीसँग कुराकानी गर्दै ब्याटमा रहेको स्टिकर निकालेर हस्ताक्षर गर्दै ब्याट उपहार दिएका थिए । टियुमा उक्त ब्याट पाएपछि निकै खुसी हुँदै उनले नेटमा केहि समय ब्याटिङ गरेका थिए । उनीमा खुसीको सिमा नै रहेन ।
बिहिबार उनी दिउँसभर मैदानबाहिर खेल हेर्दै क्रिकेट खेलिरहेका थिए । रिजाल प्रधानमन्त्री कप सुरु भएसँगै दैनिक रुपमा उनी टियु मैदानमा खेल हेर्न आउँछन् । जसमा उनले बागमतीलाई बढी समर्थन गर्ने गर्दछन् । ज्ञानेन्द्र मल्ललाई नजिकबाट नियालेका उनले लगातार मैदानमा हौसला प्रदान गर्दै आएका छन् । ज्ञानेन्द्रले बिहिबार अभ्यासको क्रममा ब्याट दिएका हुन् ।
सुभम सुरुको दिनदेखिनै लगातार मैदानमा खेल हेर्न आएका छन् । विशेषत बागमतीको खेलमा उनको समर्थन, उत्साह र हौसला बढी हुने गर्दछ । उनी ज्ञानेन्द्रका ठूला फ्यान हुन् । उनको क्रिकेट प्रतिको क्रेज देखेर पहिलो दिनपछि टिकट काउन्टरले निशुल्क प्रवेश गराएको छ । टियु मैदानमा विद्यार्थीलाई २५ र अन्यलाई ५० रुपैयाँ तोकिएको छ ।
सुभमले ज्ञानेन्द्रसँग सुरुकै दिन ब्याट मागेका थिए । ज्ञानेन्द्रले अभ्यासको क्रममा भेटेरै उनीसँग केहि समय कुरा गरेका थिए । ज्ञानेन्द्रले उनलाई त्यसबेला नै ब्याट दिने बाचा गरेका थिए । ज्ञानेन्द्रले पनि रमाईलो र निकै चाखका रुपमा उनीसँग कुराकानी गरेका थिए ।
सुभमले आफू खेतमा टेष्ट क्रिकेट खेल्ने, लेग स्पिनर भएको, टि२०मा फाइभ डाउन ब्याटिङ गर्ने, ज्ञानेन्द्र दाईको काठमाडौं क्रिकेट टेनिङ सेन्टर एकेडेमी रहेको लगायतका चाखलाग्दा कुरा गरेका थिए । ज्ञानेन्द्रले पनि केटाकेटी शैलीमा उनीसँग रमाईलो मान्दै कुराकानी गरेका थिए ।
ज्ञानेन्द्रले उनको क्रिकेट प्रतिको क्रेज र समर्थन देखेर ब्याट दिने बाचा गरेका थिए । बिहिबार अभ्यास गर्न आएको बेला उनलाई आफैं खेल्ने ब्याट ल्याइदिएका थिए । अझ उनले खेल्न सकुन भनेर आफूले खेल्ने ब्याटलाई तासेर केहि सानो पनि बनाइदिएका थिए ।
सबै तस्बिरहरु : विशाल पोखरेल
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]