4 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
बिहिबार एपिएफले गण्डकीलाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका ओपनर आशिफ शेखले ५६ बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए ।
सुबास खकुरेल र रित गौतम शून्यमा आउट भए । सुमित महर्जन १८ रनको योगदान दिए । गण्डकीका चन्द्रकान्त पौडेल र बिशाल पौडेलले २–२ विकेट लिए । आशिफले यसअघि पहिलो खेलमा प्रदेश एकविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको गण्डकी ४६ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो । गण्डकीका समिर कंडेलले १ सय १४ बलमा २ चौका सहित सर्वाधिक ३६ रनको योगदान दिए । दीनेश बुढामगर १२, दीपेश खत्री र बिष्णु पान्डेले १५–१५ रनको योगदान दिए ।
एपिएफका तीव्र गतिका बलर कमलसिंह ऐरीले १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिए । शरद भेषावकर र अभिनाश बोहराले २–२ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रह्यो । गण्डकी समूह एबाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहँदै बाहिरिएको छ ।
एपिएफ २ खेलमा २ मा जित सहित दोस्रो स्थानमा छ । एपिएफले आफ्नो तेस्रो खेलमा माघ १० मा कर्णालीसँग खेल्ने छ । प्रदेश एक पनि एक खेल अगावै समूह ए बाट बाहिरि सकेको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]